नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य स्थिर रहेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको थियो। सो दिन सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँमा किनबेच भएको थियो।
उक्त मूल्य हालसम्मकै उच्च हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३९ हजार तीन सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३८ हजार ६ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
शुक्रबार चाँदी प्रतितोला एक हजार सात सय २० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २३ सय ९१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।