सामसङले स्मार्टफोन ग्यालेक्सी 'एस-२५ एफई'(फ्यान एडिसन)  सार्वजनिक गरेको छ।
युवा पुस्ता र कन्टेन्ट क्रियेटरलाई लक्षित यो स्मार्टफोनमा प्रिमियम एआई क्षमता, एडभान्स्ड क्यामेरा र उच्च प्रदर्शनका विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ।
ग्यालेक्सी एआई र वन युआई ८ द्वारा सञ्चालित फोनले भ्वाइस, टच र भिजुअल अन्तर्क्रियामार्फत् सहज र स्मार्ट प्रयोग अनुभव प्रदान गर्ने दाबी सामसङको छ।
यसमा रियल–टाइम भर्चुअल सहायताका लागि ‘जेमिनी लाइभ’, व्यक्तिगत अपडेटका लागि ‘नाउ बार’ र ‘नाउ ब्रीफ’, तथा अन–स्क्रिन जवाफका लागि ‘सर्कल टु सर्च’ जस्ता फिचरहरू समावेश छन्।
फोनमा एआई–सञ्चालित प्रोभिजुअल इन्जिन, अपग्रेड गरिएको १२ मेगापिक्सेल फ्रन्ट क्यामेरा, र सुपर एचडीआरमार्फत् अझ स्पष्ट रङ र फोटो/भिडिओ गुणस्तर प्रदान गर्ने सुविधा रहेको छ।
साथै, जेनेरेटिभ एडिट, पोट्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो र अडियो इरेजर जस्ता फिचरहरूले फोटो तथा भिडियो एडिटिङलाई अझ सहज र व्यवसायिक बनाएको कम्पनीको भनाइ छ।
सामसुङ ग्यालेक्सी 'एस२५ एफई'मा ४,९०० एमएएचको ब्याट्री रहेको छ, जसले ४५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्छ। 
८ जीबी प्लस २५६ जीबी भेरियन्टमा उपलब्ध ग्यालेक्सी एस२५ एफईको मूल्य ९९ हजार ९९९ निर्धारण गरिएको छ।
ग्राहकले सामसुङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज)मार्फत् शून्य प्रतिशत ब्याजदर र ईएमआई योजनामा ग्यालेक्सी एस२५ एफई खरिद गर्न सक्ने कम्पनीले बताएको छ।