चिनियाँ मोबाइल ब्रान्ड रियलमीले भारतीय बजारमा दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको छ।
भारतीय सञ्चार माध्यमका अुनसार ती फोन रियलमी–पी४ र रियलमी–पी४ प्रो हुन्।
कम्पनीले यी फोन भारतीय बजारमा आगामी साता सार्वजनिक गर्ने घोषणा गरेको छ। यी फोनमा डुअल चिपसेट प्रयोग गरिएको छ।
ग्राहकले यसमा सात हजार एमएएच क्षमताको ब्याट्री पाउँनेछन्। साथै, ८० वाटाको फास्ट चार्जिङ सुविधा पनि दिइएको छ।
फोनको पछाडि तीन वटा क्यामरा डिजाइन गरिएको छ। यी फोनको मूल्य भारू ३० हजारभन्दा कम हुने बताइएको छ।
रियलमी नेपाली बजारमा पनि रूचाइएको ब्रान्ड हो।