सरकारले साइबर सुरक्षा बीमा नीति ल्याउने उल्लेख गरेको छ।
अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०८२/८३ को लागि सरकारको बजेट पेस गर्दै यस्तो बताएका हुन्।
साइबर सेक्युरिटी बीमाले नेटवर्क सेक्युरिटीको उल्लंघन, डेटा सुरक्षण सम्बन्धी कानुनहरूको उल्लंघन, कर्मचारीबाट हुने इमेल दुरुपयोगको सुरक्षा वा वेब साइटमा आउन सक्ने अनावश्यक तथा अपमानजनक सामग्री आदिको सुरक्षण प्रदान गर्ने मानिएको छ।