सामसङ नेपालले नवीनतम फोल्डेबल स्मार्टफोन—ग्यालेक्सी जेड फोल्ड ७ सार्वजनिक गरेको छ।
नवप्रवर्तन र उद्यमशीलताको उत्सवको विशेष क्षणमा सामसङले नयाँ डिभाइसहरू शार्क ट्याङ्क नेपालका शार्कहरूलाई प्रस्तुत गरेको हो।
यस कार्यक्रमले सामसङ नेपाल, शार्क ट्याङ्क नेपाल र हिमालय टिभी बीचको सहकार्यलाई उजागर गरेको छ।
हिमालय टिभीसँगको सहकार्यमा आयोजित कार्यक्रममा शार्कहरूले सामसङको नयाँ फोल्डेबल फोनको क्रान्तिकारी डिजाइन, उच्च प्रदर्शन र एआई–समर्थित सुविधाहरूको अनुभव गरे।
सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले नयाँ ग्यालेक्सी जेड फोल्ड ७ नवप्रवर्तन र बहुमुखी क्षमताको प्रतिक भएको बताए। उनका अनुसार फोल्डेबलको फराकिलो डिस्प्ले तथा मल्टिटास्किङ क्षमताले उत्पादकलाई नयाँ स्तरमा पुर्याउनेछ।
यस सहकार्यले प्रविधि, मिडिया र उद्यमशीलताको संयोजनमार्फत परिवर्तनशील विचारलाई प्रोत्साहन गर्ने सामसङ नेपालले प्रतिबद्धता गरेको छ।