सामसङ नेपालले आज (बुधबार) आधिकारिक रूपमा ग्यालेक्सी जेड फोल्ड६ र जेड फ्लिप६को प्रि–अर्डर सुरू भएको घोषणा गरेको छ।
कार्यक्रममा सामसङ नेपालका प्रबन्ध निर्देशक इन सु किम, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र मिस नेपाल वर्ल्ड २०१८ शृंखला खतिवडाले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सिरिज सार्वजनिक गरे।
'फोल्डेबलका लागि सामसङको निरन्तर आविष्कारले नयाँ ग्यालेक्सी जेड फोल्ड६ र ग्यालेक्सी जेड फ्लिप६ सँग ग्यालेक्सी एआईको अर्को अध्याय खोलेको छ। फोल्डेबल फोर्म फ्याक्टरलाई एआई–इन्फ्युज्ड कनेक्टेड ग्यालेक्सी इकोसिस्टमसँग मिलाएर, हाम्रा नयाँ स्मार्टफोनहरूले प्रयोगकर्ताहरूलाई एक आकर्षक अनुभव प्रदान गरेर नयाँ सम्भावनाहरू अन्लक गर्न सशक्त बनाउँछ,' निर्देशक स्थापितले भने।
ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६, ग्यालेक्सी जेड सिरिजका अहिलेसम्मकै सबभन्दा पातलो र हल्का डिभाइसहरू भएको कम्पनीको दाबी छ।
नयाँ ग्यालेक्सी जेड सिरिज पहिलेभन्दा धेरै टिकाउ पनि छ। डुअल रेल हिङ्ग संरचनालाई बलियो फोल्डिङ एजले थप बलियो बनाएको र प्रमुख स्क्रिनमा परिष्कृत तहहरूले बल कायम राख्दै क्रिज सुधार गर्न मद्दत गरेको छ।
ग्यालेक्सी जेड सिरिजमा परिष्कृत आर्मर एल्युमिनियम र कोर्निङ गोरिल्ला ग्लास भिक्टस २ पनि छ जसले यसलाई अहिलेसम्मकै सबैभन्दा टिकाउ ग्यालेक्सी जेड सिरिज बनाएको कम्पनीले बताएको छ।
ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६ स्न्यापड्रागन ८ जेन ३ मोबाइल प्लेटफर्मले सुसज्जित छन्। हालसम्मकै सबैभन्दा उन्नत स्न्यापड्रागन मोबाइल प्रोसेसर, सिपियु, जिपियु र एनपियु कार्यसम्पादनको संयोजन गर्दछ। दुवैको प्रोसेसर एआई प्रशोधनका लागि अप्टिमाइज गरिएको छ जसले सुधारिएको समग्र प्रदर्शनको साथमा ग्राफिक्स प्रदान गर्दछ।
ग्यालेक्सी जेड फोल्ड६ ले ठूलो स्क्रिनलाई अधिकतम बनाउन र प्रयोगकर्ताको उत्पादकत्वलाई उल्लेखनीय रूपमा वृद्धि गर्न एआई–सञ्चालित सुविधा र उपकरणको दायरा प्रदान गर्दछ।
सामसङको गुगलसँगको साझेदारीद्वारा नयाँ ग्यालेक्सी जेड सिरिजमा नयाँ गुगल जेमिनी एप पूर्ण रूपमा एकीकृत भएको छ। जसले प्रयोगकर्ताको फोनमा नै आफ्नै एआई–सञ्चालित सहायक उपलब्ध गराउँछ।
यो फोन अनुवादक अब न्यू कन्भरसेसन मोडको साथ आउँछ जसले दुवै पक्षहरूलाई थप प्राकृतिक अन्तर्क्रियाहरूका लागि प्रमुख र कभर स्क्रिनहरूमा अनुवादहरू सहज रूपमा गर्न दिन्छ।
प्रोफेसनल–ग्रेड कन्टेन्ट सहज रूपमा सिर्जना गर्न फोटो असिस्ट पनि प्राप्त हुनेछ र पोर्ट्रेट स्टुडियोबाट थ्रिडी कार्टुन वा वाटर कलर जस्ता विभिन्न पोर्ट्रेट शैलीहरूमा सिर्जना गर्ने थप रचनात्मक सम्भावनाहरू पाउन सकिनेछ।
अब लामो गेमिङ सेसनहरूको लागि ग्यालेक्सी जेड फोल्ड६ १.६x ठूलो भेपर चेम्बरको साथ आउँछ र रे ट्रेसिङले यसको ७.६–इन्च स्क्रिनमा ग्राफिक्सलाई सपोर्ट गर्दछ जसले थप इमर्सिभ गेमिङ प्रदान गर्छ।
ग्यालेक्सी जेड फ्लिप६ले अब नयाँ अनुकूलन र रचनात्मकता सुविधाहरूको दायरा प्रदान गर्दछ, जसले हरेक क्षणको अधिकतम फाइदा लिन सकिनेछ।
३.४ इन्चको सुपर एमोलेड फ्लेक्सविन्डोको साथ डिभाइस नखोलेरै एआई–असिस्टेड कार्यहरू प्रयोग गर्न सकिनेछ। जसले नयाँ सन्देशहरूलाई एक अनुकूल प्रतिक्रिया सुझाव दिन विश्लेषण गर्दछ।
फ्लेक्सविन्डोले सामसङ हेल्थको अपडेटहरू र सूचनाहरूको एक्सेस प्रदान गर्दछ र म्युजिक विजेटबाट सुन्न चाहनेले ट्र्याक छान्ने काम पनि गर्न दिन्छ।
फ्लेक्सविन्डोले पहिले भन्दा धेरै विजेटहरू प्रदान गर्दछ, र एकैसाथ धेरै विजेटहरूबाट जानकारी दिन्छ।
फ्लेक्सक्याम नयाँ अटो जुमको साथ आउँछ जसले विषय पत्ता लगाई आवश्यक समायोजन गरी जुम इन र आउट गरेर शटको लागि उत्कृष्ट फ्रेमिङ रचना गर्दछ।
नयाँ ५०एमपी वाइड र १२एमपी अल्ट्रा–वाइड सेन्सरहरूले तस्बिरहरूमा स्पष्ट र क्रिस्प विवरणहरूको साथ अपग्रेड गरिएको क्यामेराको अनुभव प्रदान गर्दछ।
नयाँ ५० एमपी सेन्सरले नोइज–फ्री तस्बिरहरूको लागि २x अप्टिकल जुम प्रदान गर्दछ र १०x जुमको साथ उन्नत सुटिङको लागि एआई जुम प्रदान गर्दछ।
जेड फ्लिप६ अब परिष्कृत ब्याट्री लाइफको साथ आउँछ र पहिलो पटक भेपर चेम्बर साथ जडित छ।
सामसङ ग्यालेक्सीको डिफेन्स–ग्रेड, बहु–तह सुरक्षा प्लेटफर्मले महत्त्वपूर्ण जानकारी सुरक्षित गर्न र एण्ड–टु–एण्ड हार्डवेयर, वास्तविक–समय खतरा पत्ता लगाउने र सहयोगी सुरक्षाको साथ कमजोरीहरू विरुद्ध सुरक्षा गर्न निर्मित, सामसङ नोक्सले ग्यालेक्सी जेड फोल्ड६ र फ्लिप६लाई सुरक्षित गर्दछ।
यस्तो छ मूल्यः
| डिभाइस | रंग | मूल्य |
१. | ग्यालेक्सी जेड फ्लिप६ (१२+२५६ जिबी) | सिल्भर श्याडो, ब्लु | १ लाख ५४ हजार ९९९ रूपैयाँ |
२. | ग्यालेक्सी जेड फोल्ड६ (१२+२५६ जिबी) | सिल्भर स्याडो, न्यभी | २ लाख ३४ हजार ९९९ रूपैयाँ |
३. | ग्यालेक्सी जेड फोल्ड६ (१२+५१२ जिबी) | २ लाख ४९ हजार ९९९ रूपैयाँ |
यी फोनहरूको प्रि–अर्डर अफर बुधबारदेखि साउन १५ गतेसम्म लागू हुनेछ।
पहिलो ५०० प्रि–अर्डर गर्ने ग्राहकहरूले एनसेल सधैँ अन सिम प्राप्त गर्न सक्नेछन् जसमा १७ जिबी डेटा + ४९९ मिनेट कल + ४९९ एसएमएस प्रत्येक महिना, ६ महिनासम्म निःशुल्क प्राप्त गर्न सक्नेछन्।
सामसङले एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमार्फत् १ वर्षको लागि १ पटकको ब्रेकेज इन्स्योरेन्स पनि उपलब्ध गराएको छ।
आफ्नो स्मार्टफोन अपग्रेड गर्न चाहनेहरूका लागि सामसङले सबको फोन र अर्को स्टोर मार्फत १५ हजार रूपैयाँसम्मको एक्सचेन्ज बोनस उपलब्ध गराएको छ।
हुलास फिनसर्भ हायर पर्चेज लिमिटेडद्वारा सञ्चालित सामसङ इन्स्टा फाइनान्स सेवामार्फत् ग्राहकहरूले देशभरकै सामसङका आधिकारिक स्टोरबाट शून्य प्रतिशत ब्याजदरमा ग्यालेक्सी जेड फोल्ड ६ हजार ८५४ रूपैयाँ र ग्यालेक्सी जेड फ्लिप६को ४ हजार ५२१ रूपैयाँ प्रति महिनाको दरमा नयाँ फोनहरू प्राप्त गर्न सक्नेछन्।
सामसङले उपभोक्ताहरूलाई थप सहज बनाउनको लागि डाउन–पेमेन्टलाई ३० प्रतिशतमा घटाएर २४ महिनासम्म ऋण अवधि राखेको छ।