मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ।
नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पि५५ को बिहीबारबाट नेपाली बजारमा बिक्री सुरू गरेको हो।
सो मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन्।
जसमा चार जिबी र्याम प्लस १ सय २८ जिबी रोम (चार प्लस आठ) र अर्को आठ जिबी र्याम प्लस १ सय २८ जिबी रोम (आठ प्लस सोह्र) क्षमता रहनेछ। ती फोनहरू ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन्।
आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६.६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको ब्याट्री तथा १८ वाटको फास्ट चार्जिङ क्षमता रहेको छ।
ग्राहकले उचित मूल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पूरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको जनाएको छ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने जनाएको छ।
सो आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल रहने छ।