सामसङले ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन र ग्यालेक्सी बड्स एफई नयाँ अफरको साथमा ल्याएको छ।
अब ग्राहकहरूले ग्यालेक्सी एस२४ सिरिजको स्मार्टफोन खरिद गर्दा पाँच हजार रूपैयाँ थप गरी १५ हजार मूल्य रहेको ग्यालेक्सी बड्स एफई पनि साथमा पाउन सक्नेछन्।
यो अफर सामसङले प्रदान गरेको इन्स्टा फाइनान्स सेवाबाट शून्य प्रतिशत ब्याजमा बिना कुनै वित्तीय झन्झट लिन सकिनेछ।
आफ्नो नागरिकताको साथ ग्राहकहरूले ग्यालेक्सी बड्स एफई प्राप्त गर्न थप गर्नुपर्ने पाँच हजार रूपैयाँ पनि स्मार्टफोनसँग शून्य प्रतिशत ब्याज रहेको इन्स्टा फाइनान्सको इएमआइमा नै खरिद गर्न सक्छन्।
यो अफर असार ६ गतेदेखि स्टक रहुन्जेल लागू हुने कम्पनीको भनाइ छ।