सामसङ ग्यालेक्सी ए२५ ५जी, एम १४ एलटिइ र ए०५ को मूल्य घटेको छ।
सामसङ नेपालले यी स्मार्ट फोनहरूको मूल्य घटेको घोषणा गरेको हो।
मूल्य घटेसँगै यी स्मार्टफोनहरू ग्राहकको अझ पहुँच योग्य भएको कम्पनीको भनाइ छ।
ग्यालेक्सी ए२५ ५जी मा ६.५ इन्चको सुपर एमोलेड डिस्प्ले, ओआइएस र भिडिआइएसको साथ ५० एमपी मेन क्यामरा र १३ एमपी फ्रन्ट क्यामरा छ।
यसमा ५००० एमएएच ब्याट्रीका साथ सुपर–फास्ट चार्जिङ, सामसङ के नोक्स सुरक्षा छ।
साथै यो एन्ड्रोइड १४–आधारित वान यु आइ ६.० मा चल्छ।
ग्यालेक्सी ए०५ मा ८ एमपी र एम १४ एलटिइ मा १३ एमपी फ्रन्ट क्यामराका साथ ५० एमपी प्राइमरी क्यामेरा छ।
साथै दुवै डिभाइसहरू ५००० एमएएच ब्याट्रीद्वारा सञ्चालित छन्, जसले दिनभर प्रयोगको लागि पर्याप्त पावर प्रदान गर्ने कम्पनीले बताएको छ।
कम्पनीका अनुसार सामसङको आधिकारिक स्टोरहरूबाट इन्स्टा फाइनान्स सेवाअन्तर्गत यी फोनहरू शून्य प्रतिशत इएमआइमा खरिद गर्न सकिनेछ।
मोडल | प्रकार | पुरानो मूल्य | नयाँ मूल्य | घटेको मूल्य |
ग्यालेक्सी ए२५ ५जी | ८ जिबी र २५६ जिबी | ४४ हजार ९९९ रूपैयाँ | ४२ हजार ९९९ रूपैयाँ | २ हजार रूपैयाँ |
८ जिबी र १२८ जिबी | ४० हजार ९९९ रूपैयाँ | ३९ हजार ९९९ रूपैयाँ | १ हजार रूपैयाँ |
ग्यालेक्सी एम १४ एलटिइ | ६ जिबी र १२८ जिबी | २१ हजार ९९९ रूपैयाँ | २० हजार ९९९ रूपैयाँ | १ हजार रूपैयाँ |
ग्यालेक्सी ए०५ | ६ जिबी र १२८ जिबी | १८ हजार ९९९ रूपैयाँ | १७ हजार ९९९रूपैयाँ | १ हजार रूपैयाँ |