अमेरिकी कम्पनी एप्पलले आगामी महिना आइफोन–१७ सिरिज सार्वजनिक गर्ने तयारी गरेको छ।
भारतीय सञ्चार माध्यमका अनुसार उक्त सिरिज अन्तर्गत आइफोन–१७, आइफोन–१७ एयर, आइफोन–१७ प्रो र आइफोन–१७ प्रो म्याक्स सार्वजनिक हुनेछ।
कम्पनीले यो पटक आइफोन–१७ प्लसको सट्टा आइफोन–१७ एयर सार्वजनिक गर्ने अनुमान लगाइएको छ।
तर यसबारे कम्पनीले भने कुनै जानकारी दिएको छैन। कम्पनीले आइफोन–१७ एयरमा पातलो ब्याट्री डिजाइन गरेको छ।
एप्पलले हरेक वर्ष आफ्नो उत्पादनमा केही न केही डिजाइन परिवर्तन गर्दै आएको छ।
त्यस्तै, यो वर्ष क्यामरा डिजाइन परिवर्तन गरिएको देखिने भारतीय सञ्चार माध्यमले उल्लेख गर्दै आएका छन्।