एनसेलका ग्राहकहरूले अब उत्कृष्ट रोमिङ अफरको फाइदा लिँदै विभिन्न देशको यात्रा गर्दा अझ सुलभ दरमा अनलिमिटेड दैनिक डेटा सेवा प्रयोग गर्न सक्छन्।
आम मानिसलाई मोबाइल डेटामार्फत सधै अन अर्थात् अनलाइन राख्ने आफ्नो प्रतिवद्धता बमोजिम एनसेलले आफ्नो रोमिङ डेटा शुल्क उल्लेख्य रूपमा घटाउँदै शुल्क परिमार्जन गरेको छ।
एनसेलले दैनिक डेटा रोमिङ शुल्क घटाइएको देशमा अमेरिका, संयुक्त अरब इमिरेट्स (युएई), कतार, चीन, बेलायत र थाइल्याण्ड रहेका छन्। परिमार्जित शुल्क जेठ ८ गतेदेखि लागू भएको हो।
यो डेटा रोमिङ प्याकको ठूलो फाइदा भनेको भ्रमणका बेलामा पनि आफ्ना एसएमएस अलर्टहरू पाइन्छ र सम्पर्कमा रहन जुन देशको भ्रमणमा गएको हो सोही देशको सिम लिई राख्नु आवश्यकता पर्दैन।
डेटा रोमिङ प्याकको शुल्क परिमार्जनसँगै ग्राहकले कर सहित दैनिक मात्र ७९ रूपैयाँ ८८ पैसामा अमेरिका, युएई र कतारमा रहँदा दैनिक डेटा प्याक प्रयोगबाट फाइदा लिन सक्छन्। यो शुल्क यस अघिको दैनिक १९० रूपैयाँ १८ पैसाको तुलनामा ५८ प्रतिशतले कम हो।
त्यस्तैगरी चीन, बेलायत र थाइल्याण्ड भ्रमणमा जाने एनसेलका ग्राहकहरूले कर सहित मात्र १९० रूपैयाँ १८ पैसामा प्रति दिन डेटा सेवाको फाइदा लिन सक्छन्।
परिमार्जन अघि यी गन्तव्यहरूमा दैनिक डेटा रोमिङको शुल्क ६३३ रूपैयाँ ९३ पैसा रहेको थियो र अब यो शुल्क ७० प्रतिशतले घटेको छ।
ग्राहकले एष्ट्रिक्स१७१२९एष्ट्रिक्स२ह्यास डायल गरी प्राप्त निर्देशन अनुसार यो प्याक सुरू गर्न सक्छन्।
प्रिपेड ग्राहकले एष्ट्रिक्स१२३ह्यास डायल गरी यो प्याक सजिलै लिन सक्छन्। त्यस्तै इच्छुक ग्राहकले एनसेल एप वा एनसेलको वेबसाइटबाट पनि प्याक लिन सक्ने सुविधा रहेको कम्पनीको भनाइ छ।
ग्राहकहरूले देशभित्र वा नेपाल बाहिर रहँदा पनि विभिन्न वालेटमार्फत् सजिलै ब्यालेन्स रिचार्ज गरेर डेटा प्याक खरिदका साथै अरु कार्य गरी सधै कनेक्टेड रहन सक्छन्।
सधै अन योजनालाई ध्यानमा राख्दै परिमार्जन गरिएको डेटा रोमिङको शुल्कले यी देशहरूमा विविध उद्देश्यका राखी यात्रा गर्ने एनसेलका ग्राहकलाई ठूलो महत्त्व राख्ने विश्वास एनसेलले लिएको छ। यो प्याक सुरू गर्न कुनै शुल्क पनि लाग्दैन।
यी देशहरुमा जाँदा रोमिङ स्वतः सुरू हुन्छ र ग्राहकले सिधै दैनिक डेटा रोमिङ खरिद गरी डेटा सेवा प्रयोग गर्न सक्छन्।
ग्राहकले यो प्याक आफू विदेश भ्रमणमा जानुभन्दा अघि वा विदेश पुगिसकेपछि पनि सुरू गर्न सक्छन्। एनसेलको रोमिङ सेवा विश्वका १०० भन्दा बढी देशहरूमा उपलब्ध छ।