अर्थमन्त्री वर्षमान पुनले नागरिकको सुसूचित हुने हक सुनिश्चित गर्दै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिने बताएका छन्।
मंगलबार संयुक्त संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले यस्तो बताएका हुन्।
आमसंचार क्षेत्रलाई निष्पक्ष, प्रतिस्पर्धी तथा समावेशी बनाउँदै सार्वजनिक महत्वको समाचार समयमा सम्प्रेषित हुने व्यवस्था मिलाइने उल्लेख गरिएको छ।
लुम्बिनी प्रदेशमा कृष्णसेन इच्छुक सञ्चारग्राम स्थापना गरिने उल्लेख गरिएको छ।
सञ्चारकर्मीको क्षमता वृद्धिको लागि तालिमका कार्यक्रम बजेटबाट ल्याइएको छ।
डिजिटल प्लेटफर्ममार्फत गरिने विज्ञापन नियमन गरिने बजेटमा उल्लेख छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको लागि सात अर्ब विनियोजन गरिएको छ।