मंगलबार मनाउन लागिएको गणतन्त्र दिवसको अवसरमा नेपाल टेलिकमले ग्राहकहरूका लागि 'रिपब्लिक डे' अफर उपलब्ध गराउने भएको छ।
सो अफर सोमबारदेखि सुरू भइ जेठ १६ गतेसम्म लागू हुने टेलिकमको भनाइ छ।
यस अन्तर्गत ४९ रूपैयाँमा १ दिन चलाउन सकिने १ एमबिपिएस अनलिमिटेड डेटा र नेपाल टेलिकमकै नेटवर्कभित्र कल गर्न सकिने १०० मिनेट अन नेट भ्वाइस सेवा उपलब्ध छ।
यसैगरी डेटा प्याकेज अन्तर्गत १११ रूपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जिबी डेटा, १९९ रूपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जिबी डेटा, २९९ रूपैयाँमा १२ दिनसम्म चलाउन सकिने २० जिबी डेटा र ३९९ रूपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जिबी डेटा प्याकेज उपलब्ध हुने छ।
यही अफर अन्तर्गत ७८९ रूपैयाँमा फेस्टिभ कम्बो प्याक पनि लिन सकिनेछ।
प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जिबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा उपलब्ध हुन्छ।
पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रूपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा उपलब्ध छ।
आगामी जेठ १६ गतेसम्म आफ्नो मोबाइलबाट *१४१५*११# डायल गरी वा 'नेपाल टेलिकम एप' प्रयोग गरी यी प्याकेजहरू खरिद गर्न सकिने बताइएको छ।