स्मार्टवाचले हाम्रो दैनिकी सहज बनाएको छ। यसमा फोन उठाउन मिल्ने, ग्यालरीमा भएको फोटोहरू हेर्न मिल्ने, फिटनेस ट्र्याक गर्ने लगायत दर्जनौं विशेषता हुन्छन्। वाचको क्षमता र गुणस्तरअनुसार विशेषता भने फरक हुन्छ।
एप्पल प्रयोगकर्ताहरू पनि एप्पल वाचमा आकर्षित देखिन्छन्। एप्पल वाचमा थुप्रै रोचक र महत्त्वपूर्ण विशेषताहरू छन्। तीमध्ये १० थाहा नपाइएका विशेषता यस प्रकारका छन्ः
१. अफलाइन म्यापः
यदी तपाईंको आइफोनमा आइओएस १७ चल्छ र डाउनलोड गरिएको छ भने तपाईंले आफ्नो एप्पल वाचमा अफलाइन म्याप हेर्न सक्नुहुन्छ। इन्टरनेट कनेक्सन नभएको समय अफलाइन म्याप उपयोगी हुन सक्छ।
२. नेमड्रप फ्रम आइफोन टू एप्पल वाचः
एप्पलले आइओएस १७ सार्वजनिक गर्दा नेमड्रप फिचरबारे चर्चा थियो। यो फिचरले सजिलैसँगै एउटा आइफोनमा भएको कन्ट्याक्ट (सम्पर्क) अर्कोमा सेयर गर्ने सुविधा दिन्छ। एप्पल वाचमा वाचओएस १०.१ अपडेट छ भने एप्पलको वाच सिरिज ६ र योभन्दा नयाँ सिरिजहरूमा आइफोनबाट कन्ट्याक्ट सहजै सेयर गर्न मिल्छ।
३. स्वाइप टू स्विच योर मेन वाच फेसः
यो फिचर कम्पनीले पहिल्यै सार्वजनिक गरेको हो। तर पछि अपडेटहरूमा हटाएको थियो। अब भने उक्त फिचर पुनः प्रयोग गर्न सकिने भएको हो। यो फिचरसँगै तपाईंले आफ्नो एप्पल वाचको बाहिरी डिस्प्लेमा आफूलाई मनपर्ने फोटो वा आफ्नै फोटो राख्न सक्नुहुन्छ।
४. कस्टम वर्कआउटः
एप्पल वाच प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले आफ्नो वर्कआउट प्लानहरू कस्टमाइज अर्थात् आफ्नो इच्छाअनुसार पनि राख्न सक्नुहुन्छ। दिनमा कति किलोमिटर हिड्नेदेखि कति क्यालोरी बर्न गर्नेबारे कस्टम सेटिङ गर्न सकिन्छ।
५. कन्ट्रोल एप्पल टिभीः
एप्पल वाचबाटै अब तपाईंले एप्पल टिभी कन्ट्रोल गर्न सक्नुहुन्छ। यो फिचरबारे पनि धेरैलाई थाहा नहुन सक्छ। एप्पल टिभीलाई एप्पल वाचसँग कनेक्ट गरेपछि तपाईंले रिमोटबिनै टिभीलाई कन्ट्रोल गर्न सक्नुहुन्छ।
६. फाइन्ड योर आइफोनः
एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ प्रयोगकर्ता हुनुहुन्छ भने तपाईंले आफ्नो आइफोन १५ वाचको मद्दतबाट खोज्न सक्नुहुन्छ। यसको लागि तपाईंलाई प्रिसिजन फाइन्ड भन्ने फिचर दिइएको हुन्छ। यसको लागि आइफोन भने वाचको रेन्जभित्रै हुनुपर्छ। यदी रेन्जभित्र छ भने एप्पल वाचबाट आइफोन भेट्टाउन सकिन्छ।
७. लग योर स्टेट अफ माइन्डः
एप्पल वाचले तपाईंलाई दिनको एक वा दुई पटक तपाईंको मुड कस्तो छ भनेर बुझ्न मेसेज गर्छ। तपाईंले आफ्नो मुडबारे लग इन गरेपछि के कुराले तपाईंको मुड कस्तो छ भन्ने बुझाउँछ। यसले गर्दा मानसिक स्वास्थ सुधारमा मद्दत पुग्नेछ।
८. अन-डिपभाइस क्वेरिज्ः
प्रयोगकर्ताले सिरी (एप्पल असिस्टेन्ट)लाई आफ्नो स्वास्थबारे जानकारी राख्न दिने फिचर पनि एप्पल वाचमा छ। प्रयोगकर्ताको स्वास्थबारे कुनै पनि प्रकारको सूचना गोप्य नै रहन्छ। र, प्रयोगकर्ताले आफ्नो स्वास्थबारे स्मार्टवाचको मद्दतमा सोधपुछ गरी जानकारी लिन सक्छन्। यो फिचर एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ मा उपलब्ध छ।
९. ह्यान्डवासिङः
आइफोनको एप्पल वाचमा हात धुने समय र हात धुन सम्झाउने फिचर पनि छ। यसले हात धुने समय २० सेकेन्डको लागि निर्धारण गरेको छ भने समय-समयमा हात धुनलाई पनि नोटिफाई (जानकारी) गराउँछ।
१०. एप्पल वाच मिररिङः
तपाईंको एप्पल वाचको डिस्प्ले फुट्यो वा बिग्रियो भने तपाईंले आफ्नो आइफोनबाटै वाचलाई अफ गर्न सक्नुहुन्छ। यसको लागि तपाईं आइफोनको सेटिङ एपमा गएर त्यहाँ भएको एसेसिबिलिटीमा जानुपर्छ। यसपछि 'एप्पल वाच मिररिङ' मा गएर त्यसलाई अन/अफ गर्न सक्नुहुन्छ।
एप्पलले आफ्नो प्रयोगकर्ताहरूको लागि हरेक समय नयाँ र परिस्कृत फिचरहरू सार्वजनिक गरिरहेको हुन्टछ। एप्पल वाच प्रयोगकर्ताहरू यतिबेला वाचओएस ११ को प्रतिक्षामा छन्।