सरकारले सबै स्थानीय तहको केन्द्र तथा वडा केन्द्रसम्म नै द्रुत गतिको इन्टरनेट उपलब्ध गराउने कार्यक्रम अघि बढाउने जनाएको छ।
आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा इन्टरनेट सेवालाई विस्तार तथा प्रभावकारी बनाउन उच्च क्षमताको अप्टिकल फाइबर विस्तार गर्ने अभियानलाई तीव्रता दिने उल्लेख गरिएको हो।
ब्रोडब्याण्ड सेवालाई गुणस्तरीय, सर्वसुलभ र सुरक्षित बनाइने उल्लेख गरिएको छ।
दुर्गम र विकट क्षेत्रमा भू–उपग्रहमा आधारित इन्टरनेट सेवा दिइने पनि उल्लेख गरिएको छ।
साइबर सुरक्षासम्बन्धी जनचेतना कार्यक्रम अघि बढाइने, डिजिटल साक्षरता विस्तार गरिने लगायतका विषय नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।