गत मे ४ र ५ मा दुबईमा सम्पन्न कोडेभर ५.० कोडिङ तथा रोबोटिक्स प्रतियोगितामा नेपाली विद्यार्थीले उत्कृष्ट प्रदर्शन गरेका छन्।
१८ भन्दा बढी देशका प्रतियोगीको सहभागिता रहेको प्रतिस्पर्धामा नेपाली विद्यार्थीले तीन महत्वपूर्ण अवार्ड जितेका हुन्।
निमा एजुकेसन फाउन्डेसन र प्रतिष्ठित कोडेभर ५.० कोडिङ प्रतियोगिताको आयोजक स्टिभपिडियाबीचको समन्वयमा नेपाली विद्यार्थी दुबई पुगेका थिए।
दुबईमा एसिया प्यासिपफिक स्कुलका एग्रोस्फेयर परियोजनाका लागि अभिमोड उप्रेती, लिअम पराजुली र आदित्य श्रीवास्तव गएका थिए। उनीहरुले आउट अफ द बक्स आइडिया अवार्ड पाए।
यस्तै डिअरवाक सिफल स्कुलको गफजिपिटि परियोजनाका दिक्षान्त पाण्डेले सस्टेनिबिलिटी एण्ड लाइव्लिहुड अवार्ड पाए।
अवार्ड जितेपछि निमा एजुकेसन फाउन्डेसनले युवालाई यो क्षेत्रमा अब्बल बनाउन मद्दत तथा सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ।
रिलायन्स पब्लिक स्कुलको एआई रोबो सिटी च्यालेन्ज परियोजनका रिशव लामिछाने, निश्चल अर्याल र स्वस्तिक मिश्र सान्त्वना पुरस्कार प्राप्त गरे।
यसअघि नेपालका विद्यालयहरूका लागि पहिलोपटक अन्तर्राष्ट्रिय कोडिङ र रोबोटिक्स प्रतियोगिता सुरु गर्न विभिन्न विद्यालयको भ्रमण गरिएको थियो। फेब्रुअरी सम्पन्न राष्ट्रिय कार्यक्रमपछि दुबईमा अन्तर्राष्ट्रियस्तरमा नेपालको प्रतिनिधित्व गर्ने परियोजनाहरु छनोट गरिएको थियो।