नेपालमा आयात हुने सबै स्मार्टफोनहरू भारतमाभन्दा धेरै महँगो हुने गर्छ।
एकै मोडेल र भेरिएन्टको मूल्य भारतमाभन्दा नेपालमा बढी हुने गर्छ।
जसमा कुनै मोडलहरूको मूल्य त भारतको तुलनामा भन्दा दोब्बर नै हुने गर्दछ। तर अहिले भर्खरै सार्वजनिक भएको अनरको स्मार्टफोनमा भने कुरा केही फरक रहेको कम्पनीको भनाइ छ।
नेपालमा भन्दा भारतमा प्रायः स्मार्टफोन पहिले नै लन्च हुने गरेको भए पनि नेपालमा भने करिब एक महिना अगाडि नै सार्वजनिक गरिएको हो।
नेपालमा २१ जनवरीमा लन्च भएको अनर एक्स९बी को (१२+२५६) जिबी को मूल्य ४३ हजार ९९९ रूपैयाँ रहेको छ।
भारतमा भने उक्त स्मार्टफोन १५ फेब्रुअरीमा सार्वजनिक गरिएको छ जसको मूल्य (८+२५६) जीबी भेरियन्टका लागि २५ हजार ९९९ भारतीय रूपैयाँ (४१ हजार ६०० नेपाली रूपैयाँ) तोकिएको छ।
यसबाहेक नेपालीहरूले अनब्रेकेबल स्मार्टफोन तीन रङमा पाउन सक्छन् भने भारतमा भने दुईवटा विकल्प छन्।
स्मार्टफोन जगतमा यसलाई यो राम्रो पहल मान्न सकिन्छ र भविष्यमा पनि यस्तै हुने हो भने भारतबाट स्मार्टफोन किन्ने प्रवृत्तिमा परिवर्तन आउनेछ र नेपालबाट फोन किन्न मानिसहरूलाई प्रोत्साहन मिल्ने बताइएको छ।