ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालमा रेडमी नोट १३ सिरिज सार्वजनिक गरेको छ।
सोमबार होटल अलफ्टमा आयोजीत एक कार्यक्रममा टेक ब्लगर्स तथा पत्रकारहरुको उपस्थितिमा शाओमीले आफ्नो रेड्मी नोट १३ सिरिज अन्तर्गत रेड्मी नोट १३ प्रो+ फाइभ जी, रेड्मी नोट १३ प्रो, रेड्मी नोट १३ सार्वजनिक गरेको हो।
यी तीनै मोडेलहरूमा ग्राहकहरूले शक्तिशाली प्रोसेसर र उच्चस्तरीय क्यामराको साथ स्मार्टफोनको नयाँ अनुभव पाउन सक्ने कम्पनीको भनाइ छ।
रेडमी १३ सिरिजमार्फत् नयाँ स्टाइल, पर्फर्मेन्स र इनोभेसन प्रदान गर्दै शाओमीले नेपाली बजारमा उच्च गुणस्तरीय प्रविधि प्रदान गर्ने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको कम्पनीले जनाएको छ।
शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर मनु मनस्वीले भने, 'ग्राहकहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएका यी नयाँ स्मार्टफोनहरू सार्वजनिक गर्न पाउँदा हामी निकै हर्षित छौं। हामी हाम्रा सबै ग्राहकहरूलाई उच्च–गुणस्तरको प्रविधि प्रदान गर्न चाहन्छौँ।'
रेड्मी नोट १३ प्रो+ फाइभ जीका विशेषता:
स्टाइलिश डिजाइन र क्रिस्टल क्लियर डिस्प्ले
स्टाइलिश डिजाइन भएको यस रेड्मी नोट १३ प्रो+ फाइभ जी को मोटाई ८९ एमएम र तौल २०४.५ रहको छ। यसको ६.६७ इन्चको क्रिस्टल रेस एमोलेड कर्भ १.५ के डिस्प्लेमा २७१२*१२२० को रिजोल्युसन र १२० हर्जको रिफ्रेस रेट रहेको छ। आइपी ६८ डस्ट र वाटर रेसिस्टेन्स रेटिङको साथ आउने यो रेड्मी नोट १३ प्रो फाइभ जी हेर्दा जति स्टाइलिश छ त्यत्ति नै टिकाउ पनि छ।
बेजोड प्रदर्शन
रेड्मी नोट १३ प्रो+ फाइभ जीमा रहेको मिडियाटेक डाइमेन्सिटी ७२०० अल्ट्रा चिपसेट र ४ एनएम अक्टा–कोर प्रोसेसरले फास्ट पर्फर्मेन्स दिन्छ भने ८ जिबी २५६ जिबी र १२ जिबी ५१२ जिबीको स्टोरेज कन्फिगरेसनले ग्राहकहरूलाई आफ्नो फाईलहरू राख्न सहजता प्रदान गर्छ।
२०० मेगापिक्सेल शटर म्याजिक
रेड्मी नोट १३ प्रो+ फाइभ जीको २०० मेगापिक्सेलको मुख्य क्यामरा, ८ मेगापिक्सेलको अल्ट्रा वाइड क्यामरा र २ मेगापिक्सेलको म्याक्रो क्यामराको साथमा ग्राहकहरूले फोटोग्राफीको नयाँ अनुभव लिन सक्नेछन्। १६ मेगापिक्सेलको फ्रन्ट क्यामेराले आकर्षक सेल्फीहरू निकाल्दछ भने ओआइएस, शाओमी प्रो कट र शाओमी इमेजीङ सिस्टमले मोबाइल फोटोग्राफीको परिभाषा नै परिवर्तन गरिदिएको छ।
सुपर फास्ट चार्जीङ र आकर्षक सेन्सर
रेड्मी नोट १३ प्रो+ फाइभ जीको ५००० एमएचको ब्याट्री भएको हुँदा आरामसँग दिनभर फोन चलाउन सकिन्छ। यसमा १२० वाटको हाइपरचार्जर उपलब्ध भएकाले चार्जीङ पनि अति छिटो हुन्छ। डुअल स्टेरियो स्पिकर र डल्बी एटमसको साथमा यस स्मार्टफोनमा इन स्कुन फिङगर प्रिन्ट पनि उपलब्ध रहेकाे कम्पनीले बताएकाे छ।
रेड्मी नोट १३ प्रोका विशेषताहरू:
स्टाइलिश एमोलेड डिस्प्ले
७.९८ एमएमको स्लिम डिजाइन र १८८ ग्राम तौल भएको यस रेड्मी नोट १३ प्रो मा स्टाइल र कम्फर्टको नयाँ सन्तुलन कायम हुने कम्पनीले जनाएको छ। ६.६७ इन्चको एमोलेड डिस्प्ले, २४००*१८०० को रिजोल्युसन र स्विफ्ट १२० हर्ज रिफ्रेस रेटले उत्कृष्ट भिजुअल एक्स्पिरिएन्स प्रदान गर्दछ। साथै यसमा आइपि ५४ डस्ट र स्प्त्याश रेजिस्ट्यान्स उपलब्ध गराइएको छ भने यसमा ग्लास चाँहि कोर्निङ गोरिल्ला ग्लास रहेको छ।
स्पिडको नयाँ परिभाषा
मिडिया टेक हेलियो अल्ट्रा सहित आउने रेड्मी नोट १३ प्रो प्रदर्शनमा उत्कृष्ट रहेको कम्पनीले जनाएको छ। त्यस्तै युजर फ्रेन्डली एक्स्पिरिएन्सको लागि एन्ड्रोइड १३ मा आधारित तथा एमआइयुआई १४ मा राखिएको छ। स्टोरेजको कुरा गर्नुपर्दा यो फोन ८ जिबी २५६ जिबी वा १२ जिबी ५१२ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ।
२०० मेगापिक्सेल क्यामेरा
रेड्मी नोट १३ प्रोले फोटोग्राफी स्किललाई नयाँ उचाइमा पुर्याउँछ। ओआइएसको साथ यसको २०० एमपी मुख्य क्यामेराले हरेक डिटेल कैद गर्दछ भने पृथक फोटोग्राफीको लागि ८ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छ। यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फी-पोर्टेटहरूमा छुट्टै चमक ल्याउँछ।
सुपर चार्ज र अडियो
रेड्मी नोट १३ प्रो को ५००० एमएच ब्याट्रीको साच उत्कृष्ट ब्याट्री लाइफको अनुभव लिन पाइन्छ। साथमा ६७ बाट इन-द-बक्स टर्बो फास्ट चार्जर समावेश रहेको छ। यस स्मार्टफोनमा डुअल स्पिकरहरू, डल्बी एटमसको तथा इन स्किन फिङ्गर प्रिन्ट पनि उपलब्ध छ।
रेड्मी नोट १३ का विशेषताहरू:
भव्य डिस्ले
७.९७ स्लिम र १८८.५ ग्रामको तौलले रेड्मी नोट १३ लाई हल्का र स्ल्कि देखाएको छ। यसको आकर्षक ६.६७ इन्च एमोलेड डिस्प्ले, २४००८* १०८० को रिजोलुसन र स्मुथ १२० हर्जको रिफ्रेस रेटले इमसिंभ भिजुअलको अनुभव सुनिश्चित गर्दछ। साथमा रेड्मी नोट १३ आइपी ५४ डस्ट र स्ल्याश रेजिस्ट्यान्स सहित उपलब्ध छ।
शक्तिशाली स्न्यापड्रागन ६८५
स्न्यापड्रागन ६८५ चिपसेट राखिएको रेड्मी नोट १३ ले प्रभावकारी पर्फर्मेन्स प्रदान गर्दछ। एन्ड्रोइड १३ र एमआइयुलाई १४ भएको यो डिभाइस बिना कुनै ल्याग चल्दछ। प्रयोगकर्ताहरूका लागि ६ वा ८ जिबी यऱ्याम रोज्न र आफ्नो आवश्यकता अनुसार १२८ बा २५६ जिबी स्टोरेज छनौट गर्ने विकल्प उपलब्ध छन्
१०८ मेगापिक्सेल पावरहाउस
रेड्मी नोट १३ को प्रभावशाली क्यामेरा सेटअपले राम्रो डिटेल प्रदान गर्दछ। रेड्मी नोट १३ मा १०८ एमपीको मेन क्यामेरा, ८ एमपी अल्ट्रा-वाइड क्यामेरा र २ एमपीको म्याक्रो क्यामेरा उपलब्ध छन्। साथमा यसको १६ एमपी सेल्फी क्यामेराले सेल्फीमा छुट्टै चमक ल्याउँछ।
एक्स्ट्रा व्याकअप
५००० एमएच ब्याट्री र ३३ वाटको फास्ट चार्जर भएकोले रेड्मी नोट १३ मा दिनभरी भिडियो हेर्न वा अरु काम गर्न मिल्छ। साथसाथै यस डिभाइसमा डुअल स्पिकर, डल्बी एटमस र अतिरिक्त सुरक्षाका लागि इन–स्क्रिन फिंगरप्रिन्ट सेन्सर पनि समावेश छ।
रेड्मी नोट १३ मिडनाइट ब्ल्याक, मिन्ट ग्रीन र आइस ब्लू कलरमा २४ हजार ९९९ रूपैयाँ (६–१२८ जिबी) र २७ हजार ९९९ रूपैयाँ (८–२५६) जिबीमा उपलब्ध हुनेछ। रेड्मी नोट १३ किन्दा २ हजार ९९९ रूपैयाँ मूल्यको बड्स ४ एक्टिभ मात्र १ हजार ६९९ रूपैयाँको अफरमा पाउन सकिनेछ।
रेड्मी नोट १३ प्रो मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा ३४ हजार ९९९ रूपैयाँ (८–२५६ जिबी) र ३९ हजार ९९९ रूपैयाँ (१२–५१२ जिबी) मा उपलब्ध हुनेछ।
रेड्मी नोट १३ प्रो किन्दा २ हजार ९९९ रूपैयाँ मूल्यको बड्स ४ एक्टिभ मात्र १ हजार ६९९ रुपैयाँ अफरमा वा ५ हजार ६९९ रुपैयाँ मूल्यको रेड्मी वाच ३ एक्टिभ मात्र ३ हजार ४९९ रूपैयाँ अफरमा पाउन सकिनेछ।
रेड्मी नोट १३ प्रो+ फाइभ जि मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन र ल्याभेन्डर पर्पल कलरमा ४७ हजार ९९९ रूपैयाँ (८–२५६ जिबी) र ५२ हजार ९९९ रूपैयाँ (१२–५१२ जिबी) मा उपलब्ध हुनेछ।
त्यस्तै रेड्मी नोट १३ प्रो+ फाइभ जि किन्दा २ हजार ९९९ रुपैयाँ मूल्यको बड्स ४ एक्टिभ मात्र १ हजार ६९९ रूपैयाँ अफरमा वा ५ हजार ६९९ रुपैयाँ मूल्यको रेड्मी वाच ३ एक्टीभ मात्र ३ हजार ४९९ रुपैयाँ अफरमा पाउन सकिनेछ।