एनसेलले भारतको भ्रमणमा बारम्बार जाने आफ्ना ग्राहकहरूका लागि आकर्षक रोमिङ प्याक सञ्चालनमा ल्याएको छ।
यो प्याक सुरू गरी ग्राहकले सुलभ शुल्कमा भारतमा रहँदा सहजै सम्पर्कमा रहन सक्छन्।
ग्राहकले कर सहित १०० रूपैयाँमा यो प्याक सुरू गर्न सक्छन् र तीन दिनसम्म रोमिङ सेवाको पहुँचबाट फाइदा लिन सक्छन्।
यसको अर्थ प्रतिदिन मात्र ३३ रूपैयाँमा तीन दिनसम्म रोमिङ सेवा उपलब्ध हुनेछ। यतिमात्र नभई, प्याकका साथ ग्राहकले तत्काल ५०० एमबी डेटा पाउँछन् र भ्वाइस र एसएमएस सेवामा शुल्कमा भारी छुट पाउँछन्।
यो प्याक शुक्रबारबाट सञ्चालनमा आएको हो। यो प्याकले हाम्रा सीमावर्ती सहरहरू जस्तै वीरगन्ज, भैरहवा, नेपालगञ्ज, विराटनगर, जनकपुर आदी सहरहरूबाट बारम्बार भारत भ्रमण गर्ने साना व्यवसायी, यातायात मजदुर जस्ता ग्राहकहरूको रोमिङ सेवाको मागलाई सम्बोधन गर्दछ।
त्यसैगरी यसले भारतमा आकस्मिक भ्रमणमा जानु पर्ने ग्राहकहरूलाई पनि विशेष महत्त्व राख्ने कम्पनीको भनाइ छ।
ग्राहकहरुले एष्ट्रिक्स१७१२९एष्ट्रिक्स५ह्यास डायल गरी यो प्याक लिन सक्छन्। त्यसैगरी यो प्याक अन्य माध्यम जस्तै एनसेल एप, एनसेलको वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरूमार्फत् पनि सुरू गर्न सकिन्छ।
यो प्याक लिने बित्तिकै बिना कुनै झन्झट रोमिङ सेवा स्वतः सुरू हुन्छ र ग्राहकले तत्कालै ५०० एमबी डेटा पाउँछन् साथै इनकमिङ कल उठाउन र भारतमा कल गर्नका लागि पेएजयुगो शुल्कमा ३२ प्रतिशत छुट पाउँछन्।
यसको मतलब ग्राहकले कर सहित मात्र १६.४८ रूपैयाँमा प्रति मिनेटमा कल उठाउन र भारतमा कल गर्न सक्छन्। साथै पेएजयुगोको प्रति एसएमएस शुल्कमा २९ प्रतिशत छुटका साथ मात्र कर सहित ६.३४ रूपैयाँमा एसएमएस पठाउन सक्छन्।
एक पटक सुरू गरेपछि प्याक ३ दिनका लागि मान्य रहन्छ र ग्राहकले आफ्नो आवश्यकता वा भारत बसाईको आधारमा जति पटक पनि यो प्याक लिन सक्छन्।