फागुन ३ र ४ गते जेन कन्फरेन्स १.० सम्मेलन आयोजना हुने भएको छ।
निमा एकेडेमी,एडचेन्ज नेपाल र जियोजेब्रा नेटवर्क अफ नेपालको संयुक्त आयोजनामा काठमाडौंको ज्ञानेश्वरमा आगामी फागुन ३ र ४ गते जेन फन्फेरेन्स १.० आयोजना गर्ने भएको हो।
विद्यालयहरुलाई एक्काइसौं शताब्दीको प्रगतिशील नमुना विद्यालयको रुपमा विकास गर्नेगरी सम्मेलन गर्न लागिएको कार्यक्रम संयोजक जानकी शर्माले बताइन्।
उनले जेन फन्फेरेन्स १.० सम्मेलनले शिक्षा क्षेत्रमा आवद्ध सबैलाई नयाँ टेक्नोलोजी तथा प्रविधिको विषयमा जानकारी दिन सहयोग गर्ने बताइन।
उनले सम्मेलनमा सीप तथा चुनौतिहरु सम्बन्धी छलफल र वर्कसप गरी युग सुहाउँदो बनाउने विषयमा छलफल हुने बताइन्। प्रगतिशील विद्यालयको लागि आवश्यक पर्ने नेतृत्व विकास,शिक्षकको पेशागत,विकास र आवश्यक शिक्षण प्रविधिको पहिचान सम्मेलनको मुख्य आकर्षण रहेको छ।
सम्मेलनको घोषणापत्रमा वर्तमान समयमा आवश्यक सीपयुक्त विद्यार्थी तयार पार्न कस्तो रणनीति अपनाउने भन्ने विषय समावेश गरिने उनको भनाइ छ। सम्मेलनमा ४ विधामा विषय विशेषज्ञबाट प्रस्तति दिएन १३ वटा कार्यशाला, ३६ वटा पेपर प्रस्तुत हुनेछन्।