अनर एक्स९बी ५जी नेपाली बजारमा सार्वजनिक भएको छ।
नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले उक्त स्मार्टफोन सार्वजनिक गरेको हो।
यसको प्रि–बुकिङ भने २१ जनवरीबाट सुरू गरिएको थियो। २७ जनवरीमा प्रि–बुकिङ सकिएसँगै यो अब नेपालभर उपलब्ध रहेको कम्पनीको भनाइ छ।
अनर एक्स९बी ५ मा अनर अल्ट्रा–बाउन्स एन्टी–ड्रप प्रविधि समावेश भएको छ जसले स्मार्टफोन क्षेत्र मै पहिलो पटक एसजिएसबाट ५ स्टार रेटिङ पनि पाएको छ।
अनर अल्ट्रा–बाउन्स एन्टी–ड्रप डिस्प्लेले उन्नत कुशनिङ टेक्नोलोजी प्रयोग गरेको छ जसले झट्का अवशोषण क्षमतालाई १.२ गुणासम्म बढाउँछ।
बलियो डिस्प्ले भएको अनर एक्स९बी लाइ उचाईबाट खसाल्दा तथा धेरै झट्काहरू पर्दा पनि केही नहुने कम्पनीले बताएको छ।
अनर एक्स९बी मा उत्कृष्ट विवरणहरूको साथ एक स्लिक र आधुनिक सौन्दर्य डिजाइन देख्न सकिन्छ साथै सनराइज ओरेन्ज, इमराल्ड ग्रीन र मिडनाइट ब्ल्याक गरी तिन रंगमा उपलब्ध छ जहाँ सनराइज ओरेन्ज यसको ब्याकसाइडमा भेगन लेदरको साथ आउँछ।
अनर एक्स९बी मा १०८ एम.पी अल्ट्रा–क्लियर क्यामेरा, ५ एमपी अल्ट्रा–वाइड क्यामेरा र २ एमपी म्याक्रो क्यामेरा गरी ट्रिपल क्यामेरा रहेको छ।
उक्त क्यामेराले ३क्स जुम र उत्कृष्ट गति क्याप्चर इन्जिनको साथ उच्च अप्टिकल गुणस्तर पनि प्रदान गर्छ जसले गर्दा आकर्षक विवरणहरू सहित स्पष्ट स्न्यापसटहरू उत्पादन गर्दछ। सेल्फीको लागि भने यसमा १६ एमपी क्यामेरा रहेको छ।
अनर एक्स९बी टिकाउ र लामो समयसम्म चल्ने ५८०० एमएएच ब्याट्रीको साथ आउँछ जसले फोन लाइ एक पटक चार्जमा ३ दिनसम्म पावर गर्न सक्छ। चार्जिङको लागि यसमा ३५ वाट को चार्जर पनि साथमा दिएको छ जसले फोन चाडै चार्ज हुन्छ।
सेलट्रोन नेपालले अनर एक्स९बी (१२+२५६)जिबी भेरियन्टको मूल्य ४३ हजार ९९९ रूपैयाँ तोकेको छ।
ग्राहकहरूले यस फोनलाई अफलाइन र अनलाइन दुवै प्लेटफर्मबाट खरिद गर्न सक्नेछन्।
ग्राहकहरूले आफ्नो नजिकैको अनर अधिकृत स्टोरहरूबाट किन्न सक्छन् भने अनलाइनको लागि दराज वा हुकुटमध्ये कुनै पनि अनलाइन प्लेटफर्महरूबाट खरिद गर्न सक्नेछन्।