एनसेल आजियाटाले आफ्नो १८औं वार्षिकोत्सव र विश्व मुटु दिवसको अवसरमा शुक्रबार काठमाडौंको लैनचौर ग्राउण्डमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ।
यस शिविरमा ४०० भन्दा बढी मानिसहरूले निःशुल्क स्वास्थ्य परामर्श तथा सेवाहरूको लाभ लिएका थिए।
नर्भिक अस्पतालसँगको सहकार्यमा आयोजना गरिएको यस शिविरमा मानिसहरूले विषेशज्ञ डाक्टरहरूबाट मुटु रोग, बाल रोग, स्त्री रोग, दन्त रोग र सामान्य स्वास्थ्य जाँच लगायनका परामर्श र ईसीजी र मधुमेह जाँच सेवा पाएका थिए।
स्वास्थ्य शिविरहरूले मानिसहरूमा प्रिभेन्टिभ हेल्थ केयर प्रोत्साहन गर्न मद्दत गर्ने हुनाले स्वास्थ्य शिविरहरू समयमै रोग पहिचानको लागि राम्रो माध्यम मानिन्छ।
एनसेलले आफ्नो नयाँ यात्रा सुरू गर्दै गर्दा कम्पनीको ब्रान्ड वाचा 'आज, भोलि, सधैंसँगै' अन्तर्गत रही वार्षिकोत्सवको थिम 'हामी तपाईंकै लागि' अनुरुप यो स्वास्थ्य शिविरको आयोजना गरेको हो।
आफ्नो सिद्धान्तमा केन्द्रित रहि नेपाल र नेपालीकै लागि निरन्तर गुणस्तरिय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको एनसेलको भनाइ छ।
यस स्वाथ्य शिविरमा आएका सबैले थप जाँच गर्नु परेमा नर्भिक अस्पतालले २० प्रतिशत छुटको पनि व्यवस्था मिलाइएको छ।
स्वास्थ्य शिविरमा बिहान ९ बजेदेखि बेलुका ४ बजेसम्म सञ्चालन भएको थियो र तत्काल औषधी आवश्यक भएकाहरूलाई निःशुल्क औषधि पनि दिइएको थियो।
एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने 'हाम्रा स्थानीय समुदायका मानिसहरुलाई ध्यानमा राख्दै काठमाडौंको मुटुमा यस स्वास्थ्य शिविरको आयोजना गरेको हो। एनसेल एक जिम्मेवार कपोरेट नागरिक हो र आफ्नो समुदायका मानिसहरुका लागि फाइदा हुने काम गर्न सधै प्रतिबद्ध छ।'