नबिल बैंकको कार्ड प्रयोग गरी सामसङका मोबाइल किन्दा छुट पाइने भएको छ।
बैंकका अनुसार सामसङका दुइटा नयाँ स्मार्टफोन; ग्यालेक्सी ए३४ फाइभ-जी र ग्यालेक्सी ए५४ फाइभ-जी किन्दा विशेष छुट योजना सुरू गरिएको हो।
नबिलको भिजा डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले यी दुइटा मोबाइल किन्दा दुई हजार रूपैयाँ 'क्यासब्याक' (फिर्ता) पाउने योजना ल्याएको हो।
यो योजना सीमित अवधिका लागि लागू हुने बैंकले जनाएको छ।
सामसङले नबिल बैंकसँगको एक सम्झौता पत्रमा हस्ताक्षर गरी यो योजना बजारमा ल्याएको हो।
सामसङ ग्यालेक्सी ए३४ फाइभ-जी र ग्यालेक्सी ए५४ फाइभ-जी बजारमा गत मार्च २९ देखि उपलब्ध भएको हो।
यी दुवै मोडलमा उत्कृष्ट क्यामरा र लामो समय चल्ने ५००० एमएएच क्षमताको ब्याट्री जडित छ।
नबिलको कार्ड देशका २५३ शाखाहरूमध्ये कुनै पनि शाखाबा वा एनबैंकबाट लिन सकिनेछ।