इन्टरनेट र आइपिटिभीका साथ सिजी नेटले जनताको आवश्यकतालाई मध्यनजर गर्दै 'स्पिड दमदार प्राइस शानदार' अफर सार्वजनिक गरेको छ।
यस अफरअन्तर्गत ग्राहकहरूले मासिक सात सय ९९ रुपैयाँमा १३० एमबिपिएस नेट, एक हजार ४९ रुपैयाँमा २५० एमबिपिएस र एक हजार दुई सय ९९ रुपैयाँमा ३५० एमबिपिएस नेटको सुविधा पाउन सक्नेछन्। साथै सिजी नेटले आफ्ना प्रयोगकर्ताहरूलाई तीन लाखसम्मको दुर्घटना बिमा दिने बताएको छ।
यसबाहेक सिजीका घडी, इयरफोन लगायत अन्य घरायसी सामाग्रीको खरिदमा ३५ प्रतिशतसम्मको छुट अफर दिने बताएको छ।सिजी नेट जोडेर प्रयोगकर्ताहरूले चार लाख नेपाली रुपैयाँ बराबरको यी सबै सुविधाहरुको फाइदा सजिलै उठाउन सक्नेछन्।
काठमान्डौंबाहेक सिजी नेटले आफ्नो सेवा बिराटनगर, वीरगन्ज, इटहरी, पोखरा, जितपुर, सिमरा, धरान र दुहावीसम्म पुर्याएको छ।
२०८० वैशाख ३ गते पोखरामा उद्घाटन समारोह र र्यालीको आयोजना गर्दै सिजी नेटले त्यहाँ आफ्नो आगमनको उद्घोष गरेको हो।
सिजी नेटले अत्याधुनिक प्रविधिको प्रयोगबाट सस्तो र भरपर्दो इन्टरनेट सेवा पुर्याउनेमा प्रतिबद्धता जनाएको छ। सस्तो र भरपर्दो इन्टरनेट खोज्ने नेपालीहरूका लागि यो एउटा सुवर्ण मौका रहेको कम्पनीको भनाइ छ।
कम्पनीले आगामी दिनमा थप शहरहरूमा आफ्नो सेवा विस्तार गर्ने योजना बनाएको छ।