ग्लोबल टेक्नोलोजी ब्रान्ड भिभोले दुई स्मार्टफोनको मूल्य घटाएको छ।
भी र वाई सिरिजअन्तर्गतका भि–२५ इ र वाइ–१५ सीको मूल्यमा प्रतिफोन तीन हजार रूपैयाँका दरले घटाएको हो।
भि–२५ इ ८ जिबी र्याम र एक सय २८ जिबी स्टोरेज भएको फोन अब ग्राहकले ३९ हजार ९ सय ९९ मा पाउने भएका छन्। यस अघि यो फोनको मूल्य ४२ हजार ९ सय ९९ थियो।
त्यस्तै, १७ हजार ९ सय ९९ रूपैयाँमा बिक्री भइरहेको वाइ–१५ सी अब ग्राहकले १४ हजार ९ सय ९९ सय रूपैयाँमै पाउँने कम्पनीले बताएको छ। यो अफर ग्राहकले मार्च महिनाभरि पाउने छन्।
यो नयाँ मूल्य नेपालको सबै रिटेल स्टोर र ई–कमर्स साइटहरूमा उपलब्ध हुने कम्पनीले बताएको छ।
भिभो भि–२५ इ मा ६४ एमपी ओआईएस अल्ट्रा–सेन्सिङ रियर क्यामेरा छ जसमा उच्च–संवेदनशील सेन्सर र ओआईएस छ जसले हाइब्रिड इमेज स्टेबलाइजेशन प्रदान गर्दछ।
फोनमा ४४ वाटको फ्ल्यासचार्ज र ४५०० एमएएच ब्याट्री दिइएको छ।
वाइ–१५ सीमा आई प्रोटेक्शन सहितको ६.५१ इन्चको फूलभ्यू डिस्प्ले दिइएको छ। जसमा ५००० एमएएच ब्याट्री, साइड माउन्टेड फिंगरप्रिन्ट स्क्यानर र एआई डुअल क्यामेरा छन्।