सामसङ नेपालले 'ग्यालेक्सी एस २३' नेपाली बजारमा सार्वजनिक गरेको छ। बिहीबार काठमाडौंको हायात होटलमा आयोजित एक कार्यक्रममा कम्पनीले ग्यालेक्सी एस २३ सिरिजका ग्यालेक्सी एस-२३, ग्यालेक्सी एस २३+ र ग्यालेक्सी एस २३ अल्ट्रा मोबाइल सार्वजनिक गरेको हो।
सामसङका सह उपाध्यक्ष सुङ जुन पार्क, सामसङका निर्देशक प्रणय रत्न स्थापित, अभिनेता अनमोल केसी र मिस नेपाल २०२२ प्रियंकारानी जोशीले संयुक्त रूपमा यी स्मार्टफोनहरू सार्वजनिक गरेका हुन्।
सामसङका निर्देशक प्रणयरत्न स्थापितले ग्यालेक्सी एस २३ सिरिजका मोबाइलहरू फोटोका लागि उत्कृष्ट भएको बताए।
'हामी नेपालमा ग्यालेक्सी एस २३ प्रस्तुत गर्न पाउँदा अत्यन्त उत्साहित भएका छौं,' उनले भने, 'यो प्रिमियम स्मार्टफोनले ग्राहकलाई आज र भविष्यको आवश्यकता र चाहनालाई अघि बढाउन मद्दत गर्नेछ।'
कम्पनीका अनुसार सामसङ ग्यालेक्सीको क्यामराले प्रयोगकर्तालाई उनीहरूको सिर्जनशीलता र कला प्रदर्शन गर्ने अवसर दिन्छ। त्यस्तै यी मोबाइलमा शक्तिशाली चिपसेट जडान गरिएको छ। यी स्मार्टफोनले उत्कृष्ट र उज्यालो भिजुअल अनुभव दिनेछन्। यिनमा दिनभर सजिलै चल्ने शक्तिशाली ब्याट्री भएको पनि कम्पनीले जनाएको छ।
एस २३ सिरिजका फोन शून्य प्रतिशत ब्याजदरमा मासिक किस्तामा पनि किन्न पाइन्छ। न्यूनतम किस्ता ६ हजार ४ सय रूपैयाँबाट सुरू हुने कम्पनीले जनाएको छ। सामसङले एक पटकका लागि फोनको 'ब्रेकेज इन्स्योरेन्स (टुटफुट बीमा) एक वर्षका लागि उपलब्ध गराएको छ। त्यस्तै सामसङ फोनहरू अपग्रेड गर्न इच्छुक ग्राहकलाई उनीहरूको मोबाइलका लागि बढीमा ८ हजार रूपैयाँसम्मको फाइदा हुने गरी साट्ने अवसर पनि दिएको जनाएको छ।
ग्राहकले https://cms-prd.mygalaxy-nbs.com/NP-S23-Preorder/ र वेबसाइटमा गएर वा नजिकैको सामसङ शोरूममा औपचारिक रूपमा प्री–अर्डर दर्ता गर्न सक्नेछन्। प्री–अर्डर अफर गर्ने अवधि यही २०७९ फागुन १० गतेसम्म वा स्टक रहेसम्म मात्र रहेको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्री-अर्डर गर्दा विभिन्न अफरहरू प्राप्त गर्न सकिनेछ।
क्र.सं | उपकरण | रङ | मूल्य (रूपैयाँमा) |
१ | ग्यालेक्सी एस२३ अल्ट्रा (१२+५१२ जिबी) | ग्रीन, फ्यान्टम ब्ल्याक, क्रिम | २०९,९९९ |
२. | ग्यालेक्सी एस२३ अल्ट्रा (१२+२५६ जिबी) | १९१,९९९ |
३ | ग्यालेक्सी एस२३ प्लस (८+२५६ जिबी) | ग्रीन, ल्याभेन्डर | १५१,९९९ |
४. | ग्यालेक्सी एस२३ बेस (८+२५६ जिबी) | ग्रीन, क्रिम | १२७,९९९ |