गुगल फोटोको ‘फ्रि स्टोरेज’ सुविधा हट्ने भएको छ। गुगलले आफ्नो फोटो स्टोरेजको सुविधा अर्को वर्षदेखि हटाउने घोषणा गरेको हो।
टेक हिन्दुस्तानको अनुसार गुगल फोटोले अर्को वर्षको जुन १ देखि उच्च फोटोहरुका लागि फ्रि स्टोरेज सुविधा दिने छैन।
यो मितिपछि राखिने सबै फोटोहरु गुगल फोटोको निःशूल्क १५ जिबी स्टोरेजमा थपिने छ।
पाँच वर्षअघि गुगलले फोटोहरु सुरक्षित गर्न गुगल फोटो एप सुरु गरेको थियो। यो फ्रि स्टोरेज सुविधामा प्रयोगकर्ताले जति पनि फोटोहरु खिचेर राख्न सक्थे।
गुगलका अनुसार गुगल फोटोमा हालसम्म करिब ४ ट्रिलियन फोटो छन्। हरेक हप्ता यसमा २८ बिलियन फोटो र भिडियो अपलोड हुने गर्छ।
अब भने ती फोटो र भिडियो राख्नको लागि सिमित स्टोरेज मात्र हुनेछ।
गुगलले तोकेको मिति अघिसम्म अपलोड हुने फोटो र भिडियोमा केही परिवर्तन हुँदैन। १५ जिबीको स्टोरेजमा पनि सिमित हुने छैन।
२०२१ जुन १ पछि भने गुगलले प्रयोगकर्ताको स्टोरेज फूल हुन लागेमा अगाडि नै सूचित गर्नेछ।
रिर्पोटको अनुसार प्रयोगकर्ताले यसअघि अपलोड गरेका फोटो र भिडियोहरु ब्याकअपमा गएर बस्ने छ। यो नयाँ परिवर्तनले पछि अपलोड हुने फोटोहरुमा पनि केही प्रभाव पार्नसक्ने बताइएको छ।
गुगल फोटो १५ जिबी स्टोरेज भन्दा बढी ठाँउ चाहिने प्रयोगकर्तालेको लागि ‘गुगल वान’को सशुल्क सदस्यताको विकल्प पनि रहेको गुगलले बताएको छ।