चिनियाँ मोबाइल ब्राण्ड ओपोले नेपाली बजारमा राम्रो स्थान पाएको छ। याे फोन धेरैजसो प्रयोगकर्ताले मनपराएका छन्।
कम्पनीले सबै वर्गका ग्राहकलाई सुहाउँदो फोन बजारमा ल्याएको छ। यसका १५ हजारदेखि १ लाख माथिसम्मका फोन बजारमा छन्। यहाँ ३० हजारदेखि ४० हजार मूल्यका फोनबारे उल्लेख गरिएको छ।
एफ११
फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबी र्याम र १२८ जिबी रोम रहको छ। फोनमा ४८ एमपीको मुख्य र ५ एमपीको डेप्थ क्यामेरा रहेको छ। अगाडिको क्यामेरा १६ एमपी रहेको छ। ४ सय २० एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य २९ हजार ९ सय ९० रहेको छ।
ए९ २०२०
यो फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ८ जिबी र्याम र १२८ जिबी रोम रहको छ।
मोबाइलको पछाडि ४८ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ। अगाडिको क्यामेरा १६ एमपी रहेको छ। ५ हजार एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य ३३ हजार ५ सय ९० रहेको छ।
एफ९
फोनमा ६.३ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ४ जिबीर६ जिबी र्याम र ६४ जिबी रोम रहको छ। मोबाइलको पछाडि पट्टि १६ एमपी र २ एमपीको क्यामेरा जडान गरिएको छ।
अगाडिको क्यामेरा २५ एमपी रहेको छ। ३५ सय एमएएचको ब्याट्री क्षमता रहेको यस फाेनको मूल्य ३७ हजार ९ सय ९० रहेकाे छ।
एफ११ प्रो
एफ११ प्रो फोनमा ६.५ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ६ जिबी र्याम र १२८ जिबी रोम रहको छ। मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामेरा र ५ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ।
अगाडिको क्यामेरा १६ एमपी रहेको छ। ४ हजार एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य ३८हजार ९ सय ९० रहेको छ।
एफ१५
फोनमा ६.४ इञ्चको डिस्प्ले जडान गरिएको छ। यसको क्षमता ८ जिबी र्याम र १२८ जिबी रोम रहको छ।
मोबाइलको पछाडि पट्टि ४८ एमपीको मुख्य क्यामेरा, ८ एमपीको वाइड एंगल, २ एमपीको म्याक्रो र २ एमपीको डेप्थ क्यामेरा जडान गरिएको छ अगाडिको क्यामेरा १६ एमपी रहेको छ। ४ हजार एमएएचको ब्याट्री क्षमता रहेको छ। यसको मूल्य ३९ हजार ९ सय ९० रहेको छ।
मोडल
|
क्षमता
|
मूल्य
|
एफ११
|
४जिबी/१२८जिबी
|
२९,९९०
|
ए९ २०२०
|
८जिबी/१२८जिबी
|
३३,५९०
|
एफ११ प्रो
|
४जिबी/६४जिबी
|
३८,९९०
|
एफ१५
|
४जिबी/१२८जिबी
|
३९,९९०
|