प्रविधिको दुनियाँमा विभिन्न किसिमका प्रयोगहरु भइरहेका छन्।
मोबाइल फोनमा नयाँ प्रयोग गर्दै चीनको ‘युनिहर्टज ’ कम्पनीले सानो ‘फोर जी’ स्मार्टफोन बजारमा ल्याएको छ। जसलाइ उत्पादकले विश्वको सबैभन्दा सानो ‘फोर जी’ स्मार्टफोन दावी गरेको छ।
‘जेली’ नाम दिइएको यो स्मार्टफोन हामीले सामान्यतया प्रयोग गर्नेभन्दा अत्यन्तै सानो छ। सानो फोन मन पर्नेहरुलाइ अब ठूला स्मार्टफोन बोक्नुपर्ने झन्झटबाट यसले राहत दिलाउने देखिन्छ।
पछिल्लो समय ठूला स्मार्टफोन बोक्नेको सानो मोबाइल प्रति मोह बढेको पाइन्छ। यहि कुरालाई मध्यनजर गरि चाइनिज कम्पनीले ब्याट्रि टिक्ने, कम तौल भएको, बोक्न सजिलो र स्मार्टफोन बाट हुने सबै कामहरु गर्न मिल्ने फोन निर्माण गरेको छ।
‘जेली’ फोन हत्केलामा सजिलै अटाउँछ। जिन्स पाइन्टको सिक्का राख्ने खल्तिमा, सर्टको खल्तीमा र झोलको थारै ठाउँमा पनि सजिलै राख्न सकिन्छ। कसरत, मर्निङ वाक, योगा गर्नेहरुलाई पनि पाखुरामा बाँध्दा भद्दा र भारी अनुभव नहुने कम्पनीको वेबसाइटले जनाएको छ।
सन् २०१७मा लन्च भएको यो फोनमा एन्ड्रोइड ७ नगटको अपरेडिङ सिस्टम प्रयोग भएकाले लेटेस्ट फिचर सहितका एप्सहरु पनि आरामले चलाउन सकिन्छ।
१ जि.बी र्यामले मोबाइललाइ ह्याङ हुन दिदैन। १.१ गिगाहर्ज क्वाडकोर प्रोसेसर, ८ जि.बी इन्टरनल स्टोरेज र ३२ जि.बी सम्मको मेमोरीस्कार्ड सपोर्ट गर्छ ।
पछाडि ८ मेगा पिक्सेल र सेल्फीको लागि २ मेगा पिक्सेल क्यामरा रहेको छ। डबल सिम कार्ड, २.४५ इन्च एल्सीडी डिस्प्ले रहेको यो जेली फोनमा १०८० सम्मको भिडियो सपोर्ट गर्छ। ब्याकअपको लागि ९५० एमएच रिप्लेसेवल ब्याट्रि रहेको कम्पनिको वेबसाइटले जनाएको छ।
‘जेली’ सेतो, निलो र कालो गरी तिन फरक रंगमा बजारमा उपलब्ध छ। यसको मुल्य भा.रु ६ हजार ९ सय रहेको ग्याजेट एन्डीटिभि वेबसाइटले जनाएको छ।