चिनिया फोन निमार्ता कम्पनी युमिडिगीको नेपालका आधिकारिक वितरक भिभिटेक इक्पेक्स प्रालिले ‘एस टु प्रो’ मोडल सार्वजनिक गरेको छ।
प्रालिका बजार व्यवस्थापक दिपेन्द्र श्रेष्ठका अनुसार फोनमा ६ इन्चको फुल एचडी आइपिएस एलिसिडी डिस्प्ले छ।
एन्ड्रोइड् नोगट ७.० भर्सनको अपेरेटिङ सिस्टम समावेश गरिएको फोनमा मिडियाटेक हेलियो पी२५ प्रोसेसर दिइएको छ।
६ जीबी र्याम तथा १२८ जीबी इन्टरनल स्टोरेज क्षमतामा फोन उपलब्ध छ।
फोनमा ३ वटा क्यामरा छन्। सेल्फीका लागि १६ मेगापिक्सेल तथा पछाडितर्फ १३ र ५ मेगापिक्सेलका दुई वटा क्यामरा प्रदान गरिएको छ।
फोनमा पानी तथा धुलो प्रतिरोधात्मक भएको कम्पनीको दाबी छ भने यसमा फिंगरप्रिन्ट, फेस आइडी अनलकिङ, प्रोक्जीमिटी, कम्पास लागयतका सेन्सर समावेश छन्।
फास्ट चार्जिङको विकल्प सहित फोनमा ५ हजार १ सय एमएचको ब्याट्री क्षमता छ। कम्पनीले फोनको ब्याट्री एक पटक चार्ज गरेपछि दुई दिनसम्म टिक्ने बताएको छ।
फोनको मूल्य ५४ हजार ९ सय रुपैंयाँ निर्धारण गरिएको छ भने ८ प्रतिशतको छुट तथा निःशुल्क होम डेलिभरीको सुविधा दिइएको छ।
कम्पनीको आधिकारिक शोरुम न्युरोडमा रहेको छ।