फेब्रुअरी २६ देखि मार्च १ सम्म स्पेनको बार्सिलोनामा हुन गइरहेको विश्वकै ठूलो टेक्नोलोजी कन्फ्रेन्स मोबाइल मेला (एमडब्लुसी)ले सबैको ध्यानाकर्षण गरिरहेको छ।
हरेक वर्षजस्तै मोबाइल कम्पनी सामसङ, सोनी, एलजी लगायतले मेलामा आफ्ना नयाँ उत्पादनको अनावरण गर्नेछन्। सामसङले फेब्रुअरी २५मा आफ्नो पछिल्लो उत्पादन ‘ग्यालेक्सी एस ९’ र ‘ग्यालेक्सी एस ९ प्लस’ सार्वजनिक गर्ने बताइसकेको छ। सामसङसँगै सोनी, सायोमी र नोकियाका फोनहरु पनि अनावरण हुनेछन्।
मोबाइल वर्ल्ड कंग्रेसमा लन्च हुने सम्भावना भएका स्मार्टफोनहरु
सामसङसामसङले ‘ग्यालेक्सी एस ९’ र ‘ग्यालेक्सी एस ९ प्लस’ सार्वजनिक गर्ने छ।
अन्तर्राष्ट्रिय संचार माध्यमहरुका अनुसार ‘सामसङ ग्यालेक्सी एस ९’ सिरिजमा केही नयाँ परिवर्तन र राम्रो पर्फमेन्सका लागि नयाँ प्रोसेर समावेश हुनेछ। ‘एक्जिनोज ९८१०’ प्रोसेसरलाई फलो गरी निर्माण र डिजाइन भएको बताइएको छ।
यो फोनमा ५१२ जिबीसम्मको स्टोरेज भेरियन्ट रहन सक्ने अनुमान छ। सामसङका नयाँ फोनबाट अपेक्षा गरिएका फिचरहरुमा १८ः५ः९ स्कृन, फेस डिटेक्टर र डुअल १२ मेगापिक्सेल रियर क्यामेरा छन्।
सायोमीएमडब्लुसीमा सायोमीले कम्पनीको उत्तराधिकारी फोनको रुपमा एमआइ मिक्स ‘बेजल लेस’ स्मार्टफोन ल्याउने अनुमान गरिएको छ। एमआइको अर्काे मोडल ‘एमआइ मिक्स टु एस’ पुरै स्कृन भएको फोन मेलामा सार्वजनिक हुने सम्भावना रहेको रिपोर्टमा बताइएको छ।
नोकियामेलामार्फत नोकियाले आफ्नो धुवाँधार उत्पादन देखाउन सक्ने हल्ला चलेको छ। नोकियाले ‘नोकिया सिक्स २०१८ भेरियन्ट’ ल्याउने विचार गरिरहेको रिपोर्टमा जनाइएको छ।
बेन्चमार्किङ वेबसाइटका अनुसार नोकियाले नोकिया ७ प्लस बनाइरहेको छ। उक्त फोन ‘क्वालको ६६० चिपेस्ट’ सिस्टमद्वारा संचालित भइरहेको र मध्यमस्तरलाइ मध्यनजर गरेर बनाउन लागिएको बताइएको छ। ‘नोकिया १०’ पनि अनावरणमा ल्याउन सक्ने अनुमान छ।
अन्यएलजीले यस पटक ‘जि सेभेन’ स्मार्टफोन ल्याउने तयारी गरेको छ। लेनोभोले ‘मोटो जि सिक्स’ र ‘मोटो सिक्स प्लस’ ल्याउने जनाएको छ। सोनीले ‘एक्पेरिया इक्स जेड प्रो’, हुवावेले ‘पि’ सिरिजका फोनहरु ल्याउने तयारी गरिरहेको छ।
रिपोर्टअनुसार हुवावेले ‘पि ११’, ‘पि ११ प्लस’ र ‘पि २० प्लस’ ल्याउने जनाएको छ। ब्ल्याकबेरी एमडब्लुसीमा कमब्याक हुने रिपोर्टमा जनाइएको छ। यस मेलामा ब्ल्याक बेरीले दुई वटा फोन ल्याउने सम्भावना देखिएको छ। यसमा ‘कि टु’ र ‘कि वन टु’ समावेश हुनसक्ने बताइएको छ।