सामसङले ग्यालेक्सी ट्याव ए ७.० नेपाली बजारमा ल्याउको छ। ग्यालेक्सी ट्याब ए पूर्ण रुपमा इन्टरटेनमेन्ट डिभाइस हो।
४ जीको साथमा परिस्कृत गरिएको उच्चस्तरीय डिस्प्ले तथा उत्कृष्ट ब्याट्रिको क्षमताले गर्दा यसले इन्टरटेनमेन्टको लागि सम्पूर्ण आवश्यकता पूरा गर्ने कम्पनीको दावी छ।
आकर्षक स्लीम डिजाइन, राउन्ड एज तथा नन् स्लीप प्याटर्नले गर्दा यो प्रयोग गर्न सहज रहेको सामसङले जनाएको छ। यसमा ४ हजार एमएएचको व्याट्री राखिएको छ, जसले भिडियो प्ले व्याक प्रयोग गर्दा पनि ९ घण्टसम्म निरन्तर चलाउन सकिन्छ।
सामसङ नेपालका प्रमुख प्रणयरत्न स्थापितले उपभोक्ताद्वारा प्राप्त भएका फिडब्याकहरुलाई ध्यानपूर्वक मनन गरी ल्याइएको बताए। ग्यालेक्सी ट्याव ए मासुधारिएको शानदार डिस्प्ले, पावरफुल परफर्मेन्स तथा मल्टीमिडिया एक्स्पीरियन्सको समिश्रण रहेको उनले जानकारी दए।
यो ट्याबमा “किड्स मोड” को सुविधा उपलब्ध रहेको छ। किड्स मोडमा अभिभावक तथा बच्चाहरुको लागि एक लाइब्रेरी रहेको छ, जुन एजुकेशनले गेमहरुद्वारा सुसज्ज्ति छ।
१.५ गिगाहर्जको क्वाड कोर प्रोसेसर, १.५ जिबिको र्याम तथा ८ जिबिको इन्टरनल मेमोरि ( माइक्रो एस डि कार्डको प्रयोग गरी २०० जिबि सम्म बढाउन सकिने) ५ मेगा पिक्सलको ए एफ रियर क्यामरा यसमा छ। साथै यसमा २ मेगा पिक्सलको फ्रन्ट क्यामरा छ।
यसको मूल्य १५ हजार ९ सय रुपैयाँ तोकिएको छ। यो दुई आकर्षक रंगहरु सेतो र कालोमा उपलव्ध छ। ग्यालेक्सी ट्याब ए नेपाल अधिराज्यभर सामसङका आधिकारिक ब्राण्ड स्टोरहरुमा माघ २३ गतेदेखि पाउन सकिने कम्पनीले जनाएको छ।