गोल्छा अर्गनाइजेसनको भगिनी संस्था हिम इलेक्ट्रोनिक्सले नयाँ एलईडी बल्ब सार्वजनिक गरेको छ । १०० लुमेन्स पर वाट विशेषतासहित उच्च पावर कार्यदक्षता रहेको कम्पनीले जानकारी दिएको छ।
८ वाटको एलईडी बल्बको मूल्य १५० रुपैयाँ तोकिएको कम्पनीले जानकारी दिएको छ। जुन बल्बमा ३ वर्षको वारेन्टी प्रदान गरिएको छ ।
३ देखि १५ वाटका बल्ब, ०.५ वाटको रङ्गिन बल्ब, ट्युबलाइट्स रिसेस्ड तथा सर्फेस माउन्ट डाउनलाईट, प्यानललाईट तथा अन्य विभिन्न भित्री र बाहिरी लाईटहरु कम्पनीले उत्पादन गरिरहेको छ।
हिमस्टार एलईडी बल्बले देशमा भएको लोडसेडिङलाई कम गर्न तथा केहि समाधान गर्नका लागि सहयोग गर्ने हिम इलेक्ट्रोनिक्स प्रालिका प्रबन्ध निर्देशक शेखर गोल्छाले उल्लेख गरे।