मटर पनिर नेपालमा पनि निकै लोकप्रिय परिकार हो। सामान्यतया होटलमा खाइने यो परिकार घरमै पनि बनाउन सकिन्छ। सबै प्रकृया पुर्याएर बनाउनेहो भने आफैले घरमै होटलको जत्तिकै मिठो मटर पनिर बनाउन सकिन्छ।
मटर पनि बनाउदा सामान्यतय पनिरलाई क्युब सेपमा काटिन्छ । सर्बप्रथम पनिरलाई तेलमा फ्राई गर्नुहोस। फ्राइ्र्र गर्दा पनिरलाई चलाई रहनुपर्छ जसले गर्दा सबैतिर समान रुपमा पाक्छ। पनिर रातो भएपछि त्यसलाई झिक्ने र थोरै पानी राखेको भाडोमा हाल्ने। पानीले पनिरलाई नरम बनाउन मद्धत गर्छ। पनिरलाई केहिबेर भिज्नको लागि छोड्दिने।
अब कराई बसाल्नुहोस र त्योसमा थोरै तेल राख्नुहोस। तेल तातेपछि त्यसमा तेजपत्तता प्रई गर्नुहोस। लगत्तै त्यसमा ग्रिन्डरमा पिसेको प्याज हालेर चलाउने। प्याज हल्का रातो रङको भएपछि १ चम्चा बेसार,१ चम्चा जिरा धनियाको धुलो, लसुन अदुवाको पेस्ट, १ चम्चा नुन पालै पालो हालेर चलाउनुपर्छ। त्यस लगत्तै त्यसमा सानो कचौराको एक कचौरा ग्रिन्डरमा पिसेको गोलभेडा हालेर राम्रोसँग चलाउनुहोस। राम्रोसँग पाकेपछि त्यसमा १ चम्चा गरम मसला र थोरै धुलो खुर्सानी राखेर केहिबेर चलाउने।
अब यसमा मटर हाल्ने र केहिबेर पाकेपछि अघि भिजाएको पनिर पानी सहितै हालिदिने। यसलाई केहीबेर पकाएपछि मटर पनिर तयार भयो।
आवस्यक सामाग्री–पनिर
–१ सानो कचौरा ग्रिन्डरमा पिसेको प्याज
–१ सानो कचौरा ग्रिन्डरमा पिसेका गोलभेडा
–मटर (केराउ)
– तेजपत्ता
–तेल
– नुन
– गरम मसला
– जिरा धनियाको धुलो
–रातो धुलो खुसार्नी
– लसुन अदुवाको पेस्ट
– बेसार
सेफ परिचयकुमार चालिसेदुई दशकदेखि क्रियाशिल वरिष्ठ सेफ कुमार चालिसेको सहायताले तयार पारिएको हो। उनी अष्ट्रेलियको ‘टेफ एनएसडब्लु’ नामक संस्थाद्धारा ‘ट्रेनिङ एण्ड एसेसमेन्ट’ का लािग ‘सर्टिफाइड’ सेफ हुन्। हाल उनी बाजेको सेकुवामा कर्पोरेट सेफ तथा काठमाडौँको ‘गेट कलेज’ मा सेफ तथा निरिक्षकका रुपमा कार्यरत छन्।त्यस्तै उनले पाक्शास्त्रमा आधारित तीन पुस्तक लेखेका छन् भने नेपाली खानाका परिकारहरुको इतिहास सम्बन्धी पुस्तक प्रकाशनको क्रममा रहेको छ। यस बाहेक उनले डेढ दर्जनभन्दा बढि देशहरुमा नेपाली खानाका विभिन्न परिकारहरुको प्रवद्धन गर्ने कार्यक्रमहरु समेत आयोजना गरेका छन्।