हामीले ‘क्रिस्पी फ्राइड चिकेन’ बनाउन १ किलो मासुलाई आधार बनाएका छौं।
आफ्नो आवस्यकता अनुसार यसको परिमाण घटाउन बढाउन सकिन्छ।
आवश्यक सामाग्री–तेल
–छाला निकालेको ठुलो ठुलो पिस कुखुराको मासु
–मैदा
–ब्रेड क्रोम
– दुध
– रातो धुलो खुर्सानी
– नुन
– मरिच
– अण्डा
– लसुन अदुवाको पेस्ट
सबैभन्दा पहिले एउटा भाँडोमा डेढ चम्चा नुन हाल्नुहोस् त्यसमा पानी हाल्नुहोस र राम्रोसँग घोल्नुहोस। त्यो पानीमा मासु १ घण्टा डुबाउनुहोस। यसो गर्दा नुन राम्रोसँग मासुमा पस्छ।
त्यसपछि अर्को भाँडोमा एउटा अण्डा राख्नुहोस र त्यसमा थोरै दुध, १ चम्चा नुन, १ चम्चा मरिच, १ चम्चा धुलो खुर्सानी र लसुन अदुवाको पेस्ट राखेर राम्रोसँग फिट्नुहोस्।
फिटिसकेपछि त्यसमा मासु राख्नुहोस्। त्यो पेस्ट मासुमा राम्रोसँग लागेको हुनुपर्छ।
अर्को प्लेटमा २ चम्चा मैदा र ५ चम्चा ब्रेड क्रोम राखेर राम्रोसँग मोल्नुहोस्।
यो मिक्सलाई मासुमा राम्रोसँग बाक्लो गरि लगाउनुहोस्। त्यसपछि फ्राइङ प्यानमा मासु डुब्ने जति तेल हाल्नुहोस। तेल राम्रोसँग तातेपछि त्यसमा मासु हाल्नुहोस्।
५ मिनेट फ्राई भएपछि मासुलाई पल्टाउनुहोस्। त्यसलाई बेला बेलामा ओल्टाई पल्टाई गरिरहनुपर्छ ।
मासु रातो भएपछि पाकेको भन्ने बुझ्नुपर्छ। साधारणतया यो पाक्न करिब १० देखि १२ मिनेट लाग्छ।
क्रिस्पी फ्राइड चिकेन तयार भएपछि आफ्नो इच्छा अनुसार सजावट पनि गर्न सकिन्छ।