होम अपलायन्स सामानको उत्पादन गर्दै आएको बाल्ट्राले नयाँ आरओ र फ्रिज बजारमा ल्याएको छ।
शुद्ध पिउने पानीको समस्यालाई मध्यनजर गर्दै बाल्ट्राले १२ चरणको शुद्धीकरण प्रक्रिया भएको आरओ (रिभर्स ओस्मोसिस) नेपाली बजारमा ल्याएको हो।
नेचुरल्ला र ओस्मस नामका दुई मोडलमा उपलब्ध बाल्ट्राको आरओमा क्यान्डल मिनिरल, सेडिमेन्ट कार्बन फिल्टर, एबिएस बडी, टिडिएस कन्ट्रोल जस्ता विशेषता छन्।
बाल्ट्राले व्यापारिक प्रयोजनका लागि उपयुक्त हुने डिप फ्रिज पनि बजारमा ल्याएको छ। आर्टिक बिडिएफ २०१ र बिडिएफ २०२ गरी दुई मोडलमा उपलब्ध यी फ्रिजमा शत प्रतिशत कप्पर कम्पेसर, झिक्न मिल्ने बास्केट, बाहिरी साँचो, भित्री लाईट जस्ता विशेषता छन्।