एनभिडिया कर्प ५० खर्ब अमेरिकी डलर मूल्य भएको संसारकै पहिलो कम्पनी बनेको छ।
अमेरिकी बहुराष्ट्रिय प्रविधि एनभिडियाले ग्राफिक्स प्रोसेसिङ युनिट र कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी प्रविधि विकास गर्छ।
बुधबार कम्पनीको सेयर मूल्य ३ प्रतिशत बढेर कुल बजार मूल्य ५० खर्ब डलर नाघेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
एआई चिप डिजाइनमा अग्रणी मानिने एनभिडिया पछिल्ला वर्षहरूमा वाल स्ट्रिटको मनपर्ने लगानी गन्तव्य समेत बन्न पुगेको छ।
सन् २०२३ जुनमा एनभिडियाको बजार पुँजीकरण पहिलो पटक १० खर्ब डलर पुगेको थियो। त्यसपछि करिब एक वर्षमै तीन गुणा वृद्धि भएर ३० खर्ब डलर माथिको कम्पनी बनेको थियो। अहिले थप एक वर्षमा यसले ५० खर्ब डलरको ऐतिहासिक उचाइ छोएको हो।
एप्पल र माइक्रोसफ्टजस्ता ठूला टेक कम्पनीलाई समेत पछि पार्दै एनभिडियाले यो उपलब्धि पाएको हो। हाल माइक्रोसफ्ट बजार पुँजीकरणमा दोस्रो स्थानमा छ।
यसअघि अप्रिलमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार महसुलसम्बन्धी अभिव्यक्तिले बजारमा अस्थिरता ल्याउँदा एनभिडियाको सेयरमा गिरावट आएको थियो।