श्रम, रोजागार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले युवा विदेश पठाएर खुशी हुने समय नभएको बताएका छन्।
शुक्रबार वैदेशिक रोजगार पत्रकार समाजसँग भेटघाट गर्दै मन्त्री कुँवरले देशमै बाँजो जग्गा राखेर युवा विदेश पठाउनुपर्ने अवस्था दुःखद् भएको औंल्याए।
'हाम्रा ४५ लाखभन्दा बढी युवाहरू विदेशिएका छन्। दश हजारभन्दा बढी शव बनेर बाकसमा आएका छन्। यो निकै संवेदनशील विषय हो। उनीहरूको सुरक्षामा संवेदनशील हुनुपर्ने बेला हो,' कार्यक्रममा बोल्दै उनले भने।
वैदेशिक रोजगारका नाममा ठगी गर्नेहरूलाई कानुनी दायरामा ल्याउन आफूले कडा कदम चाल्ने पनि उनले बताए।