नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको अध्यक्षमा म्यानपावर व्यवसायी ऋषि शर्मा र तारानाथ अर्यालबीच प्रतिस्पर्धा हुने भएको छ।
एशोसिएसनको यही वैशाख ७ गते (भोलि) हुने नयाँ नेतृत्वको निर्वाचनका लागि दुई जना भिड्ने भएका हुन्।
अहिलेका वरिष्ठ उपाध्यक्ष तारानाथ अर्याल र पूर्व बरिष्ठ उपाध्यक्ष ऋषि शर्मा आ-आफ्नो प्यानल बनाएर चुनाव प्रचारमा छन्।
अध्यक्षका आकांशी ऋषि शमाले आफू कानुन व्यवसायी पनि रहेकाले कानुनी रुपमा व्यवसायीका हकहितका मुद्धा उठाउन तत्पर रहने बताए।
शर्मा जावलाखेल स्थित लक्की एच. आर. सोलुसनका संचालक हुन ।
एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा भवानी निरौला, किशोर कुमार केसी, थिरमणि पौडेल र जनक खड्का आकांक्षी देखिएका छन्।
उपाध्यक्षमा नारायण पराजुली र मित्रदेव घिमिरे, तृतीय उपाध्यक्षमा बाबुलाल मगर र केशवराज न्यौपाने, महासचिवमा कमल काफ्ले, मेघनाथ भुर्तेल र विनोद जंग केसी, सचिवमा लक्ष्मण पौडेल, कृष्णप्रसाद जैसी, विक्रम श्रेष्ठ, कर्णराज कटुवाल, भोजराज भुषाल, प्रकाश बोहरा, जंग बहादुर ईजमले दावी गरेका छन्।
त्यस्तै, सह-सचिवमा नवीन पोखरेल, तुल्सी पुरी, अमीर बास्तोला र सुरेश ढकाल उठ्ने बताइएको छ। कोषाध्यक्षमा राजेश गौतम तथा ईन्द्र आचार्य उठ्दैछन्।
कार्यसमितिका सदस्यमा हरि केसी, हेमन्त न्यौपाने, प्रेम दुलाल, किरण न्यापाने, हर्क लिम्बू, मान बहादुर कुँवर, यमबहादुर केसी, विष्णु सापकोटा, सुनिता श्रेष्ठ, माधव भण्डारीलगायतले इच्छा राखेका छन्।