सरकारले विदेशबाट फर्किएकालाई व्यवसाय सुरू गर्न सुरूआती पुँजी सरकारले उपलब्ध गराउने भएको छ।
राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै नव प्रवर्तनकारी युवा तथा अन्य उद्यमी र वैदेशिक रोजगारीबाट अएका अनुभवी तथा सीपयुक्त उद्यमशील युवाहरूलाई उद्यम व्यवसाय सुरू गर्न सुरूआती पुँजी उपलब्ध गराइने बताएकी हुन्।