अमेरिकी इकमर्श कम्पनी अमाजनले थप ७५ हजार कर्मचारी लिने भएको छ।
पछिल्लो समय अन्य प्राय क्षेत्रमा मान्छेहरुले रोजगरी गुमाउँदै गएका बेला इकमर्श कम्पनी अमेजनले भने थप कर्मचारीहरु भर्ती गर्दै आएको छ। महामारी शुरु भएदेखि नै कर्मचारी थप गर्दै आएको कम्पनीले अहिले आएर ७५ हजार नयाँ जागिर खुलेको जानकारी गराएको छ।
कोरोना महामारीका कारण माग बढीरहेको र त्यसलाई पूर्ति गर्नका लागि थप जनशक्ती आवश्यक भएको कम्पनीले बताएको छ।
कम्पनीले महामारी सुरुभएपछि १ लाख कर्मचारी थप गरिसकेको छ।