अन्तराष्ट्रिय एयर ट्रान्सपोर्ट एसोसिएसनका (आइएटिए)ले कोरोना भाइरसको महामारीले भारतको उड्डयन क्षेत्र र सोसँग सम्बन्धित क्षेत्रहरूमा कार्यरत २० लाख बढी कामदारको रोजगार जोखिममा परेको जनाएको छ।
भारत सरकारले थपेको लकडाउनले मे ३ सम्म व्यावसायिक उडानमा रोक लागेको छ।
विश्वव्यापीरुपमा अन्य देशहरुको आर्थिक स्थिति ओरालो लागेको समयमा भारत यो समस्याबाट अछुतो नहुने आइएटिएले जनाएको छ।
कोरोनाले विमान कम्पनीहरुको अस्तित्व अप्ठ्यारो परेको उसले जनाएको छ।
‘भारतीय एयरलाइन्सहरू अछुतो छैनन्। यस क्षेत्रबाट आउने राजश्वमा ८.८ बिलियन डलर बढीको गिरावट आउनसक्छ। यात्रु ३६ प्रतिशतले घट्नेछन्। यसले गर्दा सबैतीर गरेर यसले २० लाख बढीको जागिर धरापमा पार्नेछ’ आइएटिएको कर्पोरेट कम्युनिकेसनको सहायक निर्देशन अल्बर्ट छेवङले भने।
अल्बर्टले प्रेस ट्रस्ट इन्डियालाई सरकारले विमान कम्पनीहरूलाई यो समयमा लड्नका लागि आर्थिक हिसाबमा सहयोग, ऋण सुविधा र कर्पोरेट बोन्ड बजार जस्ता सुविधाको प्रत्याभूति दिनुपर्ने बताएका छन्।
आइएटिएमा एयर इन्डिया, विस्तारा, इन्डिगो र स्पाइसजेट जस्ता विमान कम्पनीसहित करिब २९० एयरलान्स आबद्ध छन्।