नेपाल ट्रेड युनियन काँग्रेसले श्रमिकको रोजीरोटीको ग्यारेन्टी गर्न सरकारसँग माग गरेको छ।
विश्वभर फैलिएको कोभिड – १९ (कोरोना भाइरस) को महामारीले सम्पूर्ण विश्व समुदाय प्रभावित भएको र नेपाल सरकारले यसको रोकथामका लागि लकडाउन घोषणा गरेको सन्दर्भमा दैनिक ज्यालादारी गर्नेहरुको दैनकी कठिन बनेको भन्दै युनियनले सरकासँग सहज बनाइदिन माग गरेको हो।
विश्वका विकसित मुलुकहरुले नियन्त्रण गर्न नसकिरहेको महामारीवाट बच्न नेपाल सरकार, रोजगारदाता तथा उधोग व्यवसायीहरु, श्रमिकहरु एवं निजि तथा गैर सरकारी लगायत सम्पूर्ण क्षेत्रले हातेमालो गरेर अघि वढ्नुपर्ने महासंघले बताएको छ।
सरकारले लकडाउन गरेपनि कतिपय अत्यावस्यकीयमा नपर्ने उद्योग पनि सञ्चालनमै रहेकाले सरकारले तत्काल बन्द गराउनुपर्ने युनियनले माग गरेको छ।
लकडाउनको कारण होटल, पर्यटन, उधोग व्यवसाय लगायतका सम्पूर्ण आर्थिक क्रियाकलाप बन्द हुदाँ दैनिक ज्यालादारी गरेर पेट पाल्ने निर्माण, कृषि, यातायात , चिया वगान, इम्ब्रोडरी, नाई, साना पसलकर्मी जस्ता लाखौ अनौपचारिक तथा स्वरोजगार श्रमिक भोकभोकै मर्ने सम्भावना देखिएकोले संगठित क्षेत्र, होटेल, पर्यटन उधोग, चिया वगान, निर्माण, यातायात, कलकारखाना तथा प्रतिष्ठानमा काम गर्ने श्रमिकहरुका सम्बन्धित रोजगारदाताले र अनौपचारिक श्रमिकको हकमा नेपाल सरकारले तत्काल घर भाडा, खाधान्न सहितका राहतको प्याकेज ल्याउन माहासंघले माग गरेको छ।