वैदेशिक रोजगारमा गएका नेपाली कामदारले विदामा फर्किंदा आफ्नो पेशा प्रमाणित गर्ने कागजपत्र नखुलाए पुन:श्रम स्वीकृति नपाउने भएका छन्।
वैदेशिक रोजगारमा जाने कामदारको भिषा, करार पत्र र श्रम स्वीकृतिका कागजपत्रका विवरण फरक पर्न गई पुन:श्रम स्वीकृति दिने प्रकृयामा कानुनी र व्यवहारीक कठिनाई परेकोले यस्तो व्यवस्था गरिएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी भोलानाथ गुरागाईंले जानकारी दिए।
‘सामान्य काम गर्ने कामदारको भिषामा सोही कम्पनीको चालक, प्रविधिक जस्ता काम उल्लेख हुन्छ। त्यसको प्रमाण खुल्ले कागजपत्र नभेटिए पुन:श्रम स्वीकृति पाउने छैनन्,’ उनले भने‘लेबरमा गएकाहरुको पनि बढुवा भएर सुपरभाइजर भएका हुन सक्छन्। आाफूले गर्ने कामको प्रमाण खुलाउनु पर्छ। यसले गर्दा दुर्घटना भयो वा अरु कुनै समस्या आयो भने सहज हुन्छ।’