अनलाई जब फेयर हुने भएको छ। आस्क मी म्यानेजमेन्टले माघ १५ र १६ गते (जनवरी २९ र ३०) दुई दिनसम्म अल जब फेयर सञ्चालन गर्ने भएको छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल तथा कम्प्युटरबाट नै जागिरको खोजी गराउन आस्कमी कन्सल्ट डटकममा भर्चुअल जब फेयर सञ्चालन गर्न लागिएको कम्पनीले जानकारी दिएको छ।
कर्पोरेट क्षेत्र, बैंक, बीमा, होटल, उत्पादन तथा प्रशोधनका साथै विविध क्षेत्रसँग सम्बन्धित रोजगारदाता कम्पनीहरूलाई समेत लक्षित गरि अनलाइन जब फेयर सञ्चालन गर्न लागेको आस्कमी म्यानेजमेण्टले जनाएको छ ।
नेपालमै पहिलो पटक हुन लागेको सबैभन्दा ठूलो अनलाइन जब फेयरमा घरमै बसी बसी ल्यापटप वा कम्प्युटरबाटै भिजिट गर्न सकिने आस्कमी म्यानेजमेण्टकी व्यबस्थापकीय निर्देशक अर्चना कुँवर क्षेत्रीले बताईन् । उनका अनुसार आस्कमी म्यानेजमेण्टको वेब पोर्टल आस्कमी कन्सल्ट डटकममा लग इन गरेर उपलब्ध गराइएका कम्पनीहरुमा सिधै जब एप्लिकेशन दिन सकिन्छ ।
जब फेयर मा ५० भन्दा बढी कम्पनीहरुले आफ्नो अनलाइन स्टल राख्ने छन् भने कम्तीमा १ लाख जब सिकरहरुले अनलाईन प्ल्याटफर्म भिजिट गर्ने अपेक्षा गरिएको छ । नेपाल मात्र नभई विदेशमा रहेकाहरुले पनि रोजगारीका लागि आवेदन दिन सक्ने छन् ।