वैदेशिक रोजगार विभागले चालु आर्थिक वर्षको पहिलो चार महिनामा ठगी गर्ने म्यावपावरबाट ३ करोड ४३ लाख क्षतिपूर्ति भराएको छ । सो अवधिमा संस्थागत ठगीमा परेका २ सय ३३ उजुरीबाट उक्त रकम क्षतिपूर्ति दिएको हो ।
गत आर्थिक वर्षमा भने विभागले ४ सय २९ उजुरी छानबिन गरी ९ करोड ५९ लाख ३३ हजार क्षतिपूर्ति भराएको थियो । यस्तै, विभिन्न इजाजतपत्रवाला कम्पनीलाई कानुन विपरित कार्य गरेको भन्दै ८७ लाख ५० हजार जरिवाना गरिएको थियो । यो वर्ष भने ४४ लाख ५० हजार जरिवाना गरेको विभागले जनाएको छ ।
गत वर्ष २ सय ९ व्याक्तिगत ठगीका मुद्द अदालतमा दायर गरीएकोमा चालु आर्थिक वर्षको पहिलो चार महिनामा ९८ मुद्दा दायर भएको विभागले जनाएको छ ।