चार महिनादेखि खाली रहेको नेपाल बैंकले प्रमुख कार्यकारी अधिकृत (सिइओ) को पदपूर्तिका लागि विज्ञापन खुलाएको छ। बुधबार खुल्ला गरेको विज्ञापनमा २१ दिनभित्र बैंकको प्रधान कार्यलयमा आवेदन दिन बैंकले भनेकाे छ।
सूचनामा बैंकले ३ लाख तलव सहित कार्यसम्पादनको आधारमा अन्य सुविधा पनि उपलब्ध गर्ने बताएको छ ।
सिइओको न्युनतम शौक्षिक योग्यता व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्य शास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हालिल गरेको हुनुपर्ने सूचनामा उल्लेख छ।
चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संगठित संस्था, विश्वविद्यालय वा त्यस्तो कार्य गर्ने अन्तर्राष्ट्रिय संघ वा संस्थाको अधिकृत तह वा सोभन्दा माथिको पदमा कम्तमिा १० वर्षको कार्य अनुभव भएकाले आवेदन दिन सक्ने बैंकले बताएको छ । यो सँगै नेपाल राष्ट्र बैंकले तोकेको मापदण्ड पुरा हुनुपर्ने बैंकले प्रस्ट पारेको छ।
आवेदनसँगै ब्यवसायिक योजना पनि समावेश गर्नुपर्ने छ ।
प्राप्त आवेदनमा उल्लेखित शैक्षिक योगयता, अनुभव, व्यवसायिक योजनाको मूल्याङकन र व्यवसायिक योजनाको प्रस्तुतिकरण तथा अन्तर्वार्ताका आधारमा नयाँ सिइओ छान्ने बैंकको सूचनामा उल्लेख छ ।