नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारी खोल्नका लागि आवश्यक सहयोग गर्न मलेसियास्थित नेपाली राजदूतसँग आग्रह गरेको छ।
संघले एक पत्र लेख्दै गत कात्तिक १२ गते मलेसियासँग भएको श्रम समझदारीको मर्म अनुसार कामदारको मागपत्र प्रमाणिकरण गर्न समेत राजदूतसँग आग्रह गरेको छ।
'श्रम समझदारी भएको ९ महिना हुदाँ सम्म श्रमिक र व्यवसायी अन्यौलमा रहनु पक्कै पनि सुखद होइन' संघका अध्यक्ष रोहन गुरुङ्गले भने, 'मागपत्र प्रमाणिकरण नहुदाँ रोजगारदाता कम्पनीले अन्य देशबाट कामदार लिइरहेका छन् । मलेसियासँग भएको श्रम समझदारी तृटि भए सच्चाउन संघले माग गरेको छ।'