नेपाल वैदेशिक रोजगार व्यवसायी संघको चुनाव आगामी असोज ६ गते हुने भएको छ।
यस अघि संघको चुनाव २ पटक स्थगित भइसकेको छ। संघको चुनाव असोजमा गर्न जिल्ला प्रशासन कार्यालयले पनि स्वीकृति दिइसकेको छ।
संघले वैदेशिक रोजगार ऐन २०६४ संशोधन भएको र म्यानपावरको धरौटी बढाउने निर्णय हुदाँ कानुनी ब्यवस्थाले अड्चन राखेको भन्दै निर्वाचन सार्न सिडिओसमक्ष निवेदन दिएका थिए।
संघको ६ गते हुने चुनावमा सरोज पोखरेल र हंसराज वाग्लेले अध्यक्षको उमेद्वारी दिने तयारी गरेका छन।