सरकारले तामझामले शुरु गरेको योगदानमा आधारीत सामाजिक सुरक्षा कोषमा असार २४ सम्म ३ हजार ४ सय ४७ रोजगार दाता कम्पनीमात्र दर्ता भएका छन् । गत मंसिरदेखि योगदानमा आधारीत सामाजिक सुरक्षा कार्यक्रम संचालनमा आएको हो ।
कम्पनी रजिष्ट्रारको कार्यलयमा दर्ता भएका करिब २० लाख कम्पनी मध्ये अहिले २ लाख कम्पनी सकृय रहेका अनुमान छ। त्यसलाई आधार मान्दा अहिले सम्म जम्मा १.७३ प्रतिशत मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा दर्ता भएका छन् ।
कोषकाअनुसार सबैभन्दा धेरै प्रदेश तीनबाट मात्रै २ हजार २ सय ४९ कम्पनी दर्ता गराएका छन् । जसमा काठमाडौं जिल्लाबाट मात्रै १ हजार ४ सय ९२ कम्पनी छन् ।
प्रदेश १ बाट १ सय ८९, प्रदेश २ बाट १ सय ७७, प्रदेश ५ बाट १ सय ३५ कम्पनी कोषमा दर्ता भएका छन् । गण्डकी प्रदेशका १ सय २६ कम्पनी सामाजिक सुरक्षा कोषमा दता हुदाँ सुदुरपश्चिम प्रदेशका ४६ कम्पनी र सबैभन्दा कम कणली प्रदेशका २६ कम्पनी सामाजिक सुरक्षा कोषमा दर्ता भएका छन् ।
सामाजिक सुरक्षा कोषमा प्रदेश नखुलेका ५ सय २८ कम्पनी छन् ।
क्षेत्रगत रुपमा सबैभन्दा धेरै शिक्षा क्षेत्रका फर्म कोषमा दर्ता भएका छन् । कोषका अनुसार ८ महिनामा ३ सय ५ व्यवासायी दर्ता भएका छन् । त्यस्तै, स्वास्थ्य तथा सामाजि कार्य क्षेत्रका २ सय ४९, वित्तीय क्षेत्रका २ सय १२, होटल तथा रेष्टुरेन्टका १ सय ९१, जनप्रशासन क्षेत्रका १ सय ८४ कम्पनी दर्ता भएका छन् ।
त्यस्तै, उत्पादन क्षेत्रमा १ सय ३८ र १ सय ३० होलसेल व्यापारीहरु, निर्यात कर्ताहरु कोषमा दर्ता भएको कोषले बताएको छ ।
सूची